Monday 24 August 2015

यो क्षण पनी टरेरै जानेछ ! Article (प्रेरणादायी लेख-6 )


--भीमसेन सापकोटा
"लक्ष्य विहीन मानिस मृत हो । महत्वाकाङ्क्षा ले भरिएको तर मन मुटुमा प्रेम नभएको मानिस पनि मृत हो ।जसको जीवनमा  केही गर्ने उद्देस्य र मनमा प्रेम छ , त्यहि मानिस पूर्ण  जीवन्त हो ।" -पर्ल बेली । 

 मान्छे अभावमा आतिन्छ र उपलब्धिमा मातिन्छ , आफुलाई नचिने सम्म। सामान्य मानिसका लागि अभाव र उपलब्धि दुबै छटपटि  र अस्थिर मनका कारक हुन्। यस्तै छटपटिले दु:खित हुंदा राजा अकवरले वीरवललाई दु:ख निवारणको स्थायी समाधान सोधेको प्रसङ्ग उनिहरूको कथामा उल्लेख  छ । "मलाई दु:ख हुंदा र सुख हुंदा दुबै बखत काम लाग्ने कुरा मेरो भित्तामा लेखिदेउ विरवल , ता कि म हरेक दिन आफुलाई त्यो पढे पछि सम्हाल्न सकुं। " विरवलको माथिङलले धेरै सोच्यो । "यो क्षण पनि टरेर जानेछ " ।
 सोच्नु ,एकाग्र हुनु ध्यान गर्नु एक माध्यम हो जसले संसारका सबै रहस्य को उद्वोध गर्छ । यसैले भनिन्छ , प्रार्थना आफ्नो कुरा भगवानलाई  सुनाउने माध्यम हो भने ध्यान भगवानको कुरा सुन्ने एक अवसर हो । गहिरो  सोचले विरवलाई नयां उपाय दियो । उनले अकवरको घरको भित्तामा एउटा सुन्दर वाक्य  लेखिदिए , जुन वाक्य पढेर अकवरको  मनमा सांच्चै  स्थिरता र सुख प्राप्त हुंदै गयो । विरवलले भित्तामा लेखेको त्यो वाक्य थियो
       चिन्ताले मन पिरोलिंदा अकवर भित्ताको त्यहि वाक्य हेर्थे , अनि यो पनि टरेर जान्छ भन्ने वाक्यांस  पढेर आफ्नो समस्याको आस्थायी प्रकृति बोध गर्दथे । यस्तै अति सुखले , विलासले उन्मत्त हुंदा पनि उनलाई यो वाक्य हेर्ना साथ झस्काउंथ्यो र यो आस्थायी उपलब्धि मा धेरै उल्लासित हुनु बेकार हो भन्दै मनलाई शान्त र स्थित पार्दथे। सुन्दा सामान्य लागे पनि  दर्शनको शिखरबाट निस्केको विरवलको यो वाक्यांश वास्तवमा सबैलाई स्थिरता तर्फ डोर्याने वाक्यांश हो । मनोविज्ञान अनुसार मानिसहरू आपत र विपतले भन्दा पनि त्यो संकट कति समय सम्म रहने हो भन्ने चिन्ताले ग्रसित भएर वेचैन बन्छन्। जब हामि संकटमा हुन्छौं , अचेत मनले त्यो सन्कट सदाको लागि रहन्छ भन्ने ठान्दछ , अनि अनिस्चयताको त्रासले हामी थप दु:खित बन्छौं । कठिन घडि पार गर्ने एक मात्र साधन हो" हरेक घटनामा अस्थिरता को वोध गर्नु "।
बुद्द शिक्षाका अनुसार तटस्त मन ,आस्थायी भाव वोध र प्रज्ञा जागरण नै आनन्दका भर्याङ्ग हुन्। अविचलित मन नै शान्तिको कारक हो । शरीरका संवेदना नियाल्दै , शरीर अस्थिर छ , संसार अस्थिर छ र जीवनका हरेक घटना अस्थिर छ भन्ने भाव को आधार नै विपश्यना ध्यान हो । यसो त  श्रीमद्द्भागवत गीता ले स्थिरतालाई नै , दु:ख को अन्त्य ठहर्याएको छ ।
सुखदु:खे समे कृत्वा लाभ लाभालाभौ  जयाजयौं । 
ततो यूद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि।।   गीता 2/38
 संसारका अन्य दर्शनमा नभेटिने 'वितराग' शब्दलाई कृष्णले गीतामार्फत भन्नु भएको छ , राग (मोह ) मा पनि मन वेचैन हुन्छ र वैराग्य मा पनि मनमा अहँकारका विज निख्रिएका हुंदैनन् , तसर्थ राग र वितरागको मध्यअवस्था 'वितराग 'नै तनाव पाखाल्ने साधन हो । वितराग नै स्थित प्रज्ञ हो , जहाँं भय र मोह रहन्न । रागी  वस्तु तथा साधन बाट लोभिन्छ , वैरागी वस्तु तथा साधन वाट भाग्छ । यी दुवैको केन्द्र विन्दु वस्तु तथा साधन नै छन्। तसर्थ सिग्मण्ड फ्रायडले भने  झैं भोगका साधन बाट नजिकिएर वा वैरागी भिक्षुहरूले भने झैं भोग बाट भागेर मनको स्थिरता आउंदैन । यसका लागि भोगको प्राप्ति र गुमाइ दुवैमा एकनास रहने मन नै स्थिर चित्त हो । यो अवस्था शरीर सुद्धी , भोजन शुद्धि ,सकारात्मक विचारको अभ्यास , नियमित  योग र ध्यान र सम्यक  जीवनको  साधना मार्फत सम्भव छ । सबै धर्मको गन्तव्य  अध्यात्म नै हो ।र,वास्तविक अाफू पत्ता लगाउनु नै आध्यात्मिकता हो ।
वस्तु तथा साधन मात्र हैन , आफ्नै विचारको सत्ता मानिसका लागि अशान्ति को कारक भन्छ । आफ्नै मनको कुण्ठाको कारण उत्पन्न हुने हीन भावनाले मानिस कुनै चिन न जानको निर्दोषिलाई दोषि घोषित गरिदिन्छ। विजय कुमार आफ्नो 'खुसी 'पुस्तकमा पोख्छन्-'अहङ्कार यस्तो घाऊ हो जसलाई बोकेर मानिस  हिड्छ । बाटोमा कसैले जानेर , नजानेर दिएको सानो धक्काले पनि त्यो घाऊ धेरै दुख्छ । जती ठुलो घाऊ , उति धेरै  पीडा । पीडा अरूको धक्काले भन्दा पनि आफ्नो घाउको साइजले दिन्छ , सामान्य दिमागलाई यो बुझ्न कठिन हुन्छ र मानिस अरूलाई दोष दिंदै आफु दुखित बन्छ ।' त्यसैले  मानिसहरू यदकदा आफ्नै विचारहरूका शिकार बन्द्छन् र 'मरिच चाउरिन्छ आफ्नै पिरोले 'भने  झैं वाह्य घटना भन्दा पनि आफ्नै अन्तरङ्ग सोचले बढि पिरोलिन्छ ।
जो मिल्छ ,  जस्तो मिल्छ ,त्यसैलाई ग्रहण गर्ने बानी नै आफु र अरूलाई सुखदायक लक्षण हो । भारतका पुर्व प्रधान मन्त्री अटल कुमार वाजपेयी ले  एक हिन्दी कवितामा (ज्ञान र अध्यात्म भाषा को सीमा भन्दा माथि उठ्छ ) सुखलाई यसरी सम्वोधन गरेका छन्:
क्या हार मे, क्या जीत मे
किन्चित नहिं भयभीतमे। 
कर्तव्य पथपर जो भी मिले 
यह भी सहि, वह भी सहि………..।

हार ले र जीत ले जे उपलब्धी ल्याए पनि त्यो स्वीकार गर्न दरो मनोवल बनाउनेहरू नै वास्तवमा जीवनलाई जितिरहेका हुन्छन्।
यसमा अझ गहिरिऔं , दिन भरमा हामी औषत २१ हजार छ सय पटक श्वास लिन्छौं । जीवन शुरु भएदेखि गरिएको पहिलो कार्य नै श्वास र जीवनको अन्त्यमा गरिने अन्तिम कार्य पनि श्वास प्रश्वास हो । हरेक श्वास हरू अस्थिर छन्। नयां श्वास लिईयो भन्यो  , फेरी पुरानो भईहाल्छ । पल-पलमै हाम्रो फोक्सो चल्छ , श्वासलाई लगातार पम्प गर्दै फाल्छ । गहिरिएर हेर्दा  यो श्वास नै जीवनको अस्थिरता बोध गराउने आँफैसँग अहओरात्र रहने गुरु हो । भूगर्वविद र खगोलविद वैज्ञानिकहरू हर्मन र साइमानले यो धर्तीको आयू सरदर २२ लाख वर्ष भनेर हिसाव निकालेका छन्। यस्तै ब्रह्माण्डका हरेक पिण्डको आ-आफ्नै आयु छ । अर्थात हरेक वस्तु संसारमा अस्थिर मात्र छन् , यहि अस्थिरता को बोध  नै हरेक कर्ममा , व्यवहारमा, सोचमा र चिन्तनमा गर्नुलाई पश्चिममा भन्ने गरिएको 'सेल्फरियलाइजेशन 'र पुर्वमा भनिने निर्वाण वा मोक्षको अवस्था हो ।आत्मा मात्र अमर छ । आफ्नो खप्तड  सूक्तिमा खप्तड बाबा लेख्नुहुन्छ "आत्मा सुख दु:ख तथा यिनका भोक्ताको पनि साक्षी हो । अस्थिरता वोध हुनासाथ थाहा हुन्छ "तपांई तत्व दृष्टिले उही अजर-अमर , शुद्द -बुद्द , नित्य -मुक्त तुरीय ब्रम्ह हो । " जब यो सत्य को बोध हुन्छ तब हामी नदेखिने भविश्यका लागि भन्दा देखिने वर्तमानका लागि बढी सुखले बांच्छौं । एकैछिन सोचौं -  
जुनदिन हाम्रो आखिरी श्वास सकिन्छ  , त्यसदिन पनि  हाम्रो नगद  बैंकमा र अन्य धन यहि सन्सारमा नै रहन्छ । अहिले धेरैलाई लागिरहेको छ "-
' हामिसित खर्च गर्न पर्याप्त धन सम्पत्ती  छैन ।'
जब हामी जान्छौ तब धेरै धन बिना खर्च नै बचेर जान्छ , यो डा योगि बिकासआनन्दको अनुसन्धान पनि हो । जसलाई एउटा सानो कथा बाट अर्थ खुलाउनु प्रासङ्गिक छ ।
एकजना चिनियाँ महाजन वा  बादशाह को मृत्यु भयो । उ धनी थियो तर समाज सेवा , दान वा आफ्नै अत्यावस्यक सेवाका खर्चमा समेत रुची राख्दैन थ्यो । यहाँं सम्म कन्जुसकी आफ्नो नोकरको तलव कटाएर समेत  उ भविश्यलाई र आफ्नो बुढेसकालको लागि भनेर सुका -सुका पैसा बच्चाउंथ्यो । एक दिन जे हुनु थ्यो सोहि भयो , उ कालको शरणागतिमा गयो ।  आफ्नो विधवा पत्नी  को लागि बैंकमा १९ लाख डलर छोडेर गयो । विधवाले केहि समय पछि आफ्नै घरको उहि जवान नोकरसित विवाह गरिन । विवाह पछि नोकरले एक दिन भन्यो '
" म हमेशा सोच्थें  कि म आफ्नो मालिकको लागि काम गर्थें , र उ मेरो लागि गर्दैन तर उसकै लागि  धन कमाउन ब्यस्त रहन्छ  , तर आज आएर म सम्झन्छु , आखिर मालिकले  नै हमेशा मेरो लागि मरिमेटेर धन थुपार्दिन  काम गरेको रहेछ  "
यसबाट के सिक्न सकिन्छ ?
सुखका लागि बांच्ने हैन सुखले बांचौं।  
धन अधिक आवश्यक छ तर  अधिक धन आर्जन गर्नु भन्दा अधिक बाँच्न सिकौ । 
राम्रो र स्वस्थ शरीरको लागि प्रयास गरौं । 
महंगो फोनको ७० % फंकशन अनुउपयोगी रहन्छ ।
महंगो कारको ७०% गतिको उपयोग हुदैन ।
*घरको पुरै दराजमा ७०% कपडा त्यतिकै राखिएको हुन्छ ।
पुरै जिन्दगीको ७०% कमाई अरुको उपयोग को लागि छुट्ने गर्छ ।
७०% गुणहरुको उपयोग हुदैन भने 30% गुणहरुको उपयोग कसरी हुन्छ ।
सबै घटना टरेरै जान्छन्, मात्र हरेक पलमा साक्षि भावको विकास  गर्दै वांचौं । तपाईं भोक्त्ता हैन द्र्स्टा बन्न सिक्नुहोस। कर्ता हैन साक्षि बन्ने अभ्यास गर्नुहोस्।  आनन्दका दैलाहारू विस्तारै तपाईंका लागि खुल्दै जाने छन्। http://ausnepalnews.com/?p=16950




Monday 17 August 2015

जन्मदिन (गीत-1)

जन्मदिन
सोमबार, श्रावण ३२, २०७२ १३:२५:४६

(गीत)
यो धर्तीले फेरी एउटा फेरो पुरा गर्यो
सयपत्री जीवनको अर्को पत्र झर्यो ।।
 
उमेर मापन गर्दै डोरी अझै आज  बढ्यो ।
वर्षहरू ढल्दै जाँदा  समय अलि सर्यो।।   

बलेसीको  ओझेलले  आँगन  ताक्दै जाँदा ।
आफ्नै मुहार आँफैलाई थोत्रो लाग्दै गर्दा  ।।

हरेक श्वास  नयाँं  जन्म मान्दै हाँसी रम्छु ।
हरेक दिन, जन्म दिन ठान्दै जीवन बाँच्छु  । ।
भीमसेन सापकोटा
हाल, सिड्नी, अष्ट्रेलिया
bhimsensap@hotmail.com
- See more at: http://nepalpati.com/news/13878/bhimsen-sapkota#sthash.Qt0Juisy.dpuf

Wednesday 5 August 2015

सफल हुनेहरूले देखेका सपनाहरू !

-भीमसेन सापकोटा  

"म आँफैले आफुलाई परिभाषित गर्न सकिंन भने अरूले मलाई तिनकै स्वादअनुसार परीकार बनाएर चपाउने छन्”-औड्रे लोड्रे । 

“म ज्ञानी बन्ने थिएं मलाई राम्रो शिक्षा लिने अवसरनै भएन !” “म ठुलो धनी बन्ने थिएं , तर मलाई समयले साथ दिएन ! म प्रथम हुने नै थिएें तर निर्णायकहरूले सहि निर्णय दिएनन्। “जब अङ्गुर टिप्न सकिंदैन तब , आफ्नो खुविलाई भन्दा अङ्गुरलाई नै दोष लगाएर ‘अङ्गुर अमिलो छ ” भन्ने यस्ता उक्त्तिहरूले मनलाई केहि बेर सान्त्वना दिए पनि यी स्थायि सन्तोष भने पक्कै होइन । अरूको नजरमा म कमसल होइन भनेर देखाउन केहि राहत मिले पनि मनको गहिरो असन्तुस्टीलाई यसले विराम दिन सक्दैन । 


अगाडि बढन र खुसि रहन चाहनेले संधै असफलतमा आफ्नो कमजोरि केलाएर अर्को पटक त्यसलाई नदोहोर्याउने प्रयास गर्छ , तर आफ्नो असफलताको कारण अरूमा खोज्नेहरू आँफै दु:खि त हुन्छन् नै तर अरूको पनि दु:ख को कारण बन्छन्। यसैले होला भारतका पुर्व राष्ट्रपती ए पि जे अब्दुल कलामका शब्दमा ‘वर्षा हुंदा सबै चराहरू , वादल र प्रकृतिलाई दोष दिंदै कहि न कहि ओत खोज्छन् , तर चिल भने बादल भन्दा माथि उडेर पानी को वर्षा बाट जोगिन्छ । ‘हरेक मानिसमा बुद्द बन्ने क्षमता निहित हुन सक्छ ,तर संयम जसले गुमाउंछ, त्यो अदम्य उपलब्धी बाट टाढा रहन्छ । जसले संयम गुमाउंछ उसले आँफै भित्रको बुद्दत्वपनी समाप्त पार्छ । 
धेरै जसो विज्ञहरू भन्छन् खुसि र सुखि हुन अरू केहि चाहिन्न बरू चाहिन्छ , एउटा सुन्दर सपना ! डा बिकासानन्द योगिको शब्दलाई सापट लिंदा देश र मानिस धनी बन्न एउटा मजबुत सपना चाहिन्छ । समस्या सपना नदेख्नू होइन।समस्या त सपना देख्न नखोज्नु नै हो। यहाँंनेर सपनाको प्रसङ्गमा, एउटा सानो वालक एकदमै गरिबीले थिचेको झुपडीमा बस्थ्यो । एकदिन स्कुलमा उनको एक शिक्षकले उनलाई एउटा लेख तयार पार्ने अभ्यास  दियो  र त्यो लेखको शिर्षक थियो ” मेरो सपना “!! 
बच्चा झुपडिमा रहनुको  बाबजुद पनि उनले यस्तो सपना लेख्यो ” म पचास वटा घोडा किन्ने छु अरब देशबाट , दस करोडको महल बनाउछु त्यसमा स्वीमिङ्ग पुल हुन्छ र घोडाहरुको लागि अलग स्वीमिङ्ग पुन हुनेछ । सात वटा विभागमा फ्याक्ट्री खोल्छु र यस्तै गरेर उनले सात आठ वटा सपनाको बारेमा लेख लेख्यो र टिचर भएको ठाउँमा गयो । टिचरले लेख देख्यो र भन्यो ” छोरा लेख त एकदमै राम्रो छ तर जुन माहोलमा , परिवारमा तिमी बस्छौ त्यो माहोलको हिसाबले यो सपना पूरा हुन सक्दैन बरु तिमी एउटा काम गर यो लेखलाई बदलिदेउ र यस्तो सपना लेख ” कि म एक सानो तिनो एउटा फ्लाट बनाउछु , एक टि भी लिनेछु जसमा एन्टिना घुमाइदै रहु , एउटा सानो पोखरी बनाउछु , यस्तै यस्तै पाँच दश वटा सपना बनाइहाल । तर बच्चाको हिम्मत हेर्नुस ऊ आफ्नो घर गयो र त्यसको आमा जो भाडा माझ्ने काम गर्छिन जो अर्काको घर घरमा गएर लुगा धुने काम गर्छिन उनलाई भनिन ” आमा मैले एउटा लेख बनाएको थिए , जसमा पचास वटा घोडा , दश करोडको महल , त्यसमा स्वीमिङ्ग पुल अलग्गै , मेरो स्वीमिङ्ग पुल अलग्गै , घोडाको अलग्गै । 
एउटा बम प्रुफ कार चाहिन्छ तर टिचरले भन्नुभयो यो सपना बदलिदेउ र यो बनाउ । यो मेरो दिलले स्वीकार गरेन तपाइको के सल्लाह छ ? तपाइको के विचार छ ? यो सपनाको कथाले ती वालकलाई कसरि उसको सपनाले अब उसलाई कतातिर लैजाला त ! अनपढ आमा , कपडा धुन्छिन , भाडाकुडा साफ गर्छिन , उसको आमाले भनिन ” छोरा यदि तलाई आफ्नो सपनामा विश्वास छ भने यो लेख कहिल्यै नबदल्नु । चाहे तलाई त्यो टिचरले मार्क्स दिओस न दिओस । त आफ्नो सपनालाई कहिल्यै नबदल्नु । तर आमा मैले आफ्नो लेख बदलिन भने टिचरले मार्क्स दिनुहुन्न । अनि आमाले भनिन ” तिम्रो टिचरलाई गएर भनिदेउ कि उ आफ्नो मार्क्स आफ्नो ठाउमा राखोस र मेरो आफ्नो सपना म आफ्नो ठाउमा राख्छु । अर्को दिन बच्चा स्कुलमा गयो र भन्यो ” सर ! आमाले भन्नुभयो म लेख बदल्न सक्दिन । तर टिचरले भन्यो ” म मार्क्स दिन्न ” तब त्यो बच्चाले भन्यो सर ! तपाइको मार्क्स आफ्नो ठाउमा राख्नुस र मेरो सपना म आफ्नो ठाउमा राख्छु । पच्चिस वर्षपछी त्यस बच्चाले अरब बाट पचास वटा घोडा किन्यो , दश करोडको महल बनायो , स्वीमिङ्ग पुल बनायो , बम प्रुफ कार किन्यो र सात वटा फ्याक्ट्री पनि खोल्यो अनि त्यो फ्याक्ट्रीको उदघाटनको लागि फिता काट्न त्यो बच्चाले त्यही टिचरलाई बोलायो , टिचरलाई यो कुरा थाहा थिएन कि यो युवक त्यही बच्चा थियो भनेर । जब टिचरले फिता काट्यो र हातमा माइक्रोफोने दियो अनि भन्यो सर ! तपाईं केहि भनिदिनुस सपनाको बारेमा । टिचरले भन्यो ” हेर सपना देख्नु एकदम राम्रो कुरा हो , हरेकले सपना देख्नुपर्दछ । ठूलो ठूलो सपना देख्नुपर्दछ । म यो युवकलाई धन्यवाद दिन चाहन्छु । 
यसले ठूलो सपना देख्यो । सबैले ताली बजाए र त्यो युवक( बच्चा ) माइक्रोफोन हातमा लियो र भन्यो ” म आफ्नो परिचय त दि दिउ , म त्यही बच्चा हु जो पच्चिस साल पहिले जो तपाइको अगाडि लेख लिएर आएको थियो र तपाइले भन्नुभएको थियो यो सपना कहिल्यै पूरा हुन सक्दैन । फेरि तपाइले भन्नुभएको थियो म मार्क्स दिन्न अनि मैले भनेको थिए कि तपाईं आफ्नो मार्क्स आफ्नो ठाउमा राख्नुस र म आफ्नो सपना आफ्नो ठाउमा राख्छु । म त्यही युवक हु सर ! टिचरको आखामा आँसु आयो र माइक्रोफोन हातमा लिदै भन्यो ” म आज केही भन्न चाहन्छु , मैले यस्तै हजारौ केटाकेटिहरुलाई डिमोटिभेटेड गरेको छु , उनिहरुको सपनालाई बर्बाद पारेको छु , एउटा मात्र हजारौ सवाल छन किनकी मेरो सपना पूरा भएन त्यसैले । 
याद राख्नुहोला जो तपाइको सपना बर्बाद गर्न लागीरहेको छ त्यो एउटै व्यक्ती हो जो आफ्नो सपना पूरा गर्न सकेन । त्यसैले अरूले हिंड्न नसकेका बाटाहरू उनिहरूका लागि असफल हुन सक्लान तर तपाईं सँग त्यो बाटो पार गर्ने सपना छ भनेअवश्य तपाईं ती बाटोको सफल यात्री भन्नु हुने छ । थोमस एल्वा एडिसन कुनै दिन असलफलातका उदाहरण थिए , अैन्स्टाइन लड्ठेब्रे थिए । सन्त कविर सडक वालक थिए । रामतिर्थ स्वामि एक गरिव थिए । तर अरू सँग जे छ त्यो उनिहरू सँग  थिएन तर अरू सँग जे थिएन त्यो मजवुत सपना उनिहरू सँग थियो र उनिहरूले  खुसि र सफलता बटुले । संस्न्कृत मा एउटा स्लोक छ , अल्छि लाई विद्द्या , मुर्खलाई धन , निर्धन लाई मित्र र अमित्रलाई सुख हुंदैन :

आलसस्य कुतो विद्या , अविद्यस्य कुतो धनम् | 
अधनस्य कुतो मित्रम् , अमित्रस्य कुतः सुखम् || 

आउनुहोस , तपाईं जहाँं हुनुहुन्छ ,नेपालको कुनै गांउमा ,शहरमा , अरवको मरूभुमिमा, अस्ट्रेलियामा , वा अमेरिकामा , तपाईं सँग केही छ वा केही छैन , त्यसले केही फरक पार्दैन बरू एउटा सुन्दर सपना र त्यसलाई प्राप्त गर्ने समय र योजना साथ राख्नुहोस्। आत्मपहिचान , सपना, योजना र निरन्तरता को समिकरण नै सफलता हो । bhimsensap@hotmail.com read more at http://ausnepalnews.com/?p=15409