Sunday 15 November 2015

मानिस कमजोरीहरूका विच पनि महान बन्न सक्छ







'जो सबै भन्दा जरूरी छ , शुरुवात त्यसैबाट गर । त्यसपछि मात्र जे  सम्भव छ त्यो गर । यति नै   गर्यौ  भने पनि  अचानक तिमीले आफुलाई असम्भव कार्यसिद्दी गरिरहेको पाउंनेछौ । " -सन्त फ्रान्सिस



विश्व ओलम्पिक खेलमा आश्चर्यजनक  रुपमा धेरै पदक हासिल गरेका भारतका प्रसिद्द बक्सिङ्ग खेलाडि मोहम्मद अलि खान लाई पत्रकारहरूले सोधेका  थिए 'आजको दिन  तिम्रो लागि भाग्यशाली रहेछ है"। यसमा उनको जवाफ थियो " -‘तिमीले आजको दिनको सफलतामा मलाई जोडेर हेर्यौ , तर मैले यो दिनका लागि रात दिन नभनि विताएको विगतको १८०० घण्टाको कठिन तयारी पनि यो सफलतामा जोडेको भए तिमीले  यसको उत्तर पाउंथ्यौ। "  उनको यो उत्तरमा निरन्तरता, प्राथमिकता र समय सीमा  भित्रैमा लक्ष्य तर्फ पूर्ण समर्पण नै सफलता हो भन्ने दार्शनिक भनाइ लुकेको थियो । स्वामि विवेकानन्द ले एक पटक आफ्ना  शिष्यलाई भनेका थिए 'जे काम गर्छौ त्यसका लागि तिमीमा भएको पूर्ण सामर्थ्य लगाउ त्यसैले तिमीलाई कार्य सिद्दी तर्फ पुर्याउने  छ ।  जब हामि काममा असफल हुन्छौं तब यी  त भन्ने भनाइ त हुन्न भन्दै आफु वरिपरिको परिवेश वा ब्यक्तिलाई दोष थुपार्छौं । परीक्ष्या विग्रियो भने 'प्रश्न  जटिल थिए वा समय कम हो भन्छौं । जबकि त्यहि प्रशन हल गरेर थुप्रैले उच्च मार्क ल्याउंछन्।  ' लडियो कतै भने बाटो असजिलो भन्छौ। जबकि त्यहि बाटो सजिलै  हिंडेर धेरैले यात्रा पुरा गरेका हुन्छन्। "हामि हार्यौं भने त्यो अर्काको जितमा छलबाजी लुकेको भन्छौं '। यसरी हेर्दा हामीलाई किन दु:ख हुन्छ भने हामि आफुले गर्न नसकेकोमा भन्दा पनि अरूले केही गर्न सकेकोमा बढी पिडा बोध गर्छौं ।


यस्तै कोहि सफल भई हाल्यो वा कुनै ब्यवसायिक सफलता हासिल गर्‍यो भने हामि उसको जीवनका अन्य सन्तुलन हेर्दाइनौं र धनको कमाइमा नै उसले  प्रगति गरेको दर्जा दिन्छौं । उसले गोल हान्दा कति छल गर्‍यो , कतिलाई दु:खायो वा दुखाएको छैन  भन्दा पनि उसले गोल हानेको मात्र हामी गनेर बस्छौं । एक दर्शनिकले भनेका छन् कि 'यदि तिमी साच्चै कुनै महान पुरुषको चरित्र जांच्न चाहन्छौं भने उसका ठुला कार्य बाट नजांच । एक जना मुर्ख पनि विषेश अवसरमा बहादुर बन्छ । मानिस  अत्यन्त साधारण कार्यर्कओ जांच गर र वास्तवमा त्यो नै यस्तो कुरा हो जसबाट एक महान पुरुषको वास्तविक चरित्रको बारेमा थाहा पाउन सकिन्छ । "

ब्रम्हो पनिषदको १०८ औं मन्त्र भन्छ 'आनन्दं ब्रम्ह" । अर्थात सधैं साथमा रहने नै ब्रम्ह हो र अनित्य आनन्द नै वास्तविक आनन्द हो । यस्तै हामीले वर्तमानमा भोगिरहेको पीडा , दु:ख हामीले नै गरेका कर्मका फल हुन्। यदि यसलाई बुझ्न सक्यौं भने हामीले नै यसलाई नष्ट गर्न सकिन्छ । सिर्जना गर्न सकिने  कुरालाई अन्त्य गर्न पनि सकिन्छ । त्यसैले उठ ,उत्तरदायित्व बोध गर । विग्रेको काम हेरेर दु:ख मान्ने  हैन सुन्दर भविस्य लाई हेर । द्वारीका मा महल बनए पछि कृष्ण भगवानले आफ्नो कालिगढ लाई भन्नु भयो कि 'द्वारीका तर्फ देखिने गरि कुनै झ्याल  नराख्नु, किनकि त्यो विगत भईसक्यो अब अगाडिको  बाटो हेर्नु पर्छ '।जबकि द्वारीका कृष्ण जि का लागि अति प्रिय स्थान थियो ।  एकान्तमा बसेर आफ्न दु:खद प्रसङगको चिन्तन नगर । आफ्ना भावनाहरूलाई रुपान्तरित गरेर चिरन्तन अभिब्यक्ति देउ। यसको अर्थ  आज सम्म ढिला भएर केही हुंदैन अब ढिला नगर । मदन पुरस्कार विजेता ‘खुसी’ पुस्तकमा विजय कुमारले लेखेका छन्' हुनत मानिसले सत्यको दर्शन कहिल्यै नगरनु भन्दा अबेरैं गरे बेस । मानिस आफ्ना कमजोरिहरूका साथ पनि महान हुन सक्छ । कसैले जित पचाउन  सक्दैन कसैले हार पचाउन  सक्दैन। कसैले दुबै पचाउन सक्दैन । आफ्नो अहङ्कारको तृप्‍ति गर्नासाथ खुशी रहने र हार्ना साथ दु:ख मनाउनु भन्दा हरेक दु:खलाई पनि बरदान सम्झ । 'स्वामि विवेकानन्द ' पुस्तकमा उनको भनाइ  लेखिएको छ कि " म सारा दु:खलाई नराम्रा काम को भुक्तानि गरेको हो भन्दै सुखि हुन्छु ।  '

यसैले प्रख्यात दर्शनिक अब्राहम  भनेकाछन्' आजै गर्न सकिने भोलिको  कामलाई भोलि भनेर नसांच । "

कोर्म्याक भन्छन् -"सबै  भोलिको लागि तयार हुन्छन् तर भोलिको दिन सबैका लागि तयार नभएको  कुरा उनिहरू  थाहै पाउंदैन्। " 

मानिस समयमै आफ्ना काम गर्न नसक्दा दु:खि हुन्छ । बांकि रहेका काम ले उसलाई तनाव सिर्जाउंछ । र तनाव बाट भाग्न उ धेरै उपाय खोज्छ । सबै आ-आफ्नै तरिकाले भाग्न  चाहन्छन्।खोहि धुम्रामपान बाट त कोहि मध्य पान बाट , कोहि जुवा बाट त कोहि अन्य नशाहरू  बाट। एक समस्या बाट मुन्टो बटार्दैमा समस्या भाग्दैन , बरू थप भारी बनेर आउंछ । एकछिन नशाले समस्या बाट टाढा लैजान्छ , तर सम्स्या टाढा हुंदैन । समस्यालाई स्वीकार गर्दै, परिस्थितीलाई स्वागत गर्दै र सबैलाई प्राथमिकतामा राखेर हल गर्दै जानु नै समस्या समाधानको उत्तम उपाय हो । नशाले तपांइको   सजग सेल्स मारिदिन्छ र कृतिम रुपमा केहि आनन्द  भए जस्तो लाग्छ तर यो कालान्तरमा  घातक हुन्छ । उसै पनि जीवन छोटो छ , त्यसमा पनि हरेक दिन १ -१ घण्टाको दरले मात्रै पनि नशामा  पर्दा वर्षमा ३६५ घन्टा अनुत्पादक बनेर अमुल्य क्षणहरू नस्ट हुन्छन्।तर केही छैन , नशा बाट मुक्ति पाउन सकिन्छ । फेरि जीवनका अह्रेक घण्टा सिर्जनशिल र उत्पादक बनाउन सकिन्छ ।    जहाँ ढलिन्छ , उठ्ने त्यहि बाट हो । जहां गईराइ हुन्छ त्यहां उचाइ पनि हुन्छ । जहाँ ओराली हुन्छ त्यहां  उकाली पनि हुन्छ ।   जहाँ   अँध्यारो  छ  त्यहाँ उज्यालो पनि हुन्छ । यहाँले अँध्यारोमा मन केन्द्रित गर्नु भो, त्यसले अँध्यारो मात्र देख्नु भो । यदि दृष्टि उज्यालोमा केन्दि्रत गर्नु भो भने जहिले  पनि सुन्दर विहानी देख्न सकिन्छ ।

हितो पदेशको २६ औं श्लोकमा  भनिएको छ , भविष्य प्रति सबै अनभिज्ञ छन्, भोलि हुन सक्ला वा नहुन पनि सक्ला , बुद्दिमान ब्यक्ति आजैं योजना  फत्ते गर्छ ।

न हि कश्चित् विजानाति किं कस्य श्वो भविष्यति ।

अतः श्वः करणीयानि कुर्यादद्यैव बुद्धिमान् ॥


अझै केही विग्रेको छैन ,आजै बाट नशा मुक्ति को प्रण  गरौं । तपाईंले भोली देखि हैन  अहिले नै साथी , भाई , आफन्त मात्र हैन ,आँफैंलाई चकित पार्न सक्नु हुनेछ । आंखा चिम्लेर ३ पटक भन्नुहोस् 'म सक्छु' अवश्य सक्छु ' अवश्य सक्छु '।

एक जना सफल इन्जीनियरलाई सोधिएको थियो , तपाईंको सफलताको  रहस्य के हो ! उत्तरको  अपेक्ष्या थियो ' मिहिनेत , लगनशिलता , निरन्तरता आदि -आदि तर उनको उत्त्त र थियो ,मेरो विगतका गल्ति '! उनले थपे 'हो मैले विगतमा धेरै गल्ति गरें , त्यहि गल्ति बाट सिकेर आज म सफल छु , यो बाहेक मेरो रहस्य  केहि छैन '। गल्ति , हार , असफलता जीवनको अन्त्य अवश्य होइन। यो फेरी उठ्ने एउटा सबल आधार हो । -भीमसेन सापकोटा