Saturday 24 October 2015
Sunday 18 October 2015
जन्म हैन मृत्युलाई ऐतिहासिक बनाउं
जन्म हैन मृत्युलाई ऐतिहासिक बनाउं
Written By : ausnepalnews.com on October 18, 2015
मानिस पूर्ण रुपले बांच्नका लागि उसले म कुनै पनि दिन मर्न सक्छु र त्यसका लागि सदैव तयार छु भनेर बांच्ने कला सम्झिरहनु जरूरी छ ।-मार्क टियुइन
आजैको सुर्यास्त सँगै मेरो जीवनको आँखिरी दिन सकिने छ । आज तपाईंलाई यस्तो एकिन भयो भने के तपाईं आजका लागि छुट्याएको योजनाहरू पुरा गर्न लाग्नु होला या त्यसमा सम्पादन गरेर नयाँं पन दिनु हुनेछ ! आजै त्यस्तो दिन आएको हो भने जीवनमा नगरी नहुने काम तर्फ लाग्नु हुन्थ्यो होला । छोरा छोरी , बा-आमा वा नजिकका लाई नभनि नहुने कुरा भन्नका लागि तुरुन्त प्रस्थान गर्नु हुन्थ्यो होला ।
कतिका गल्तिलाई माफ दिनु हुन्थ्यो होला ,बदला लिन बनाएका सोच र योजना स्वत: बिलाउंथे होलान्। कसैको ॠण तुरुन्त तिर्न तत्पर भएर ॠणि नबनि संसार छाड्ने उपाय गर्नु हुन्थ्यो होला। भविष्यका अनिश्चित डर हरू स्वत: विलाउंथे होलान । आज तपाईं कसैको आलोचना नगरि , फटाफट भन्नै पर्ने कुरा गरेर साथीहरू बाट विदा हुनुहुन्थ्यो । घन्टौं सम्म पव(भट्टी ) मा बसेर नशालु बन्ने समय , ‘टाईम’ पास गरेको भन्दै चुरोट पिएर टहलिने , मौसम राम्रो छैन भन्दै दिउंसै सुत्ने , पिंढि , चिया पसल वा चोकमा गएर टहलाउने, कुरा मिलेन भन्दै वाद विवाद र झगडामा खर्चिने पलहरू सबै कटौति भएर अति महत्वपूर्ण काममा जुट्नु हुन्थ्यो ।
फोनमा घण्टौं सम्मकुरा गर्दै , ‘विहान तरकारी के खायौ ‘, ‘खाना कस्तो मन पर्छ ,’ देशमा गतिला नेता भएनन्’ भन्दै वित्ने समय कसरी एकाएक राम्रा काममा विस्थापित हुन्थे होलान्। पक्कै पनि यस्तो सोचेर दिनभरी कामगर्दा र बेलुका विदा हुनु अघि आजको समिक्ष्या गर्नु भयो भने तपाईंले आजको दिन बढो अर्थपूर्ण र जीवनकै उपलब्धि मुलक एक उत्कृष्ट समय ब्यतित बनेको एक सुन्दर दिन पाउनु हुनेछ, ।
जहाँं महिना ,वर्ष र कैयौं दिनमा गर्न नसकिने काम एकै दिनमा सकिएको पाउनु हुनेछ । दैलोमा कुरेर बसेको मृत्युको वोधले तपाईंको दिन आज सुन्दर बन्यो । यस्तै गरेर हरेक दिन तपाईं आजै आखिरी दिन हुन सक्छ भन्दै कार्य पथमा लाग्नु भयो भने आखिर आएरै छाड्ने त्यो नियतिको आखिरी दिनमा तपाईंको सोच सत्य सावित हुनेछ आज देखि बांकि रहेका जीवनका हरेक दिन तपाईंको अति उत्तम दिन बन्नेछ ।
विश्वका चर्चित धनाड्य तथा एप्पल कम्पनिका प्रमुख स्टिभ जब्सलाई जब क्यान्सर रोग लाग्यो र चिकित्सक हरूले मर्ने तयारी गर भने तब उनका सुतिरहेका अंखा खुले र छोटो समयमै कयौं दिनमा नसकिने काम सके , चिकित्सकहरूले फेरि , उनको रोग निको भयो अब डर मुक्त भयौ भने । डर मुक्त भए पनि उनले भोली आखिरी दिन हो भन्दै गर्ने गरेको दिन चर्यालाई रोग ठीक भए पछि पनि निरन्तरता दीइरहे ।
फलत उनि एक सफल ब्यक्ति बने जुन कुरा आफ्नो सफलताको सुत्रका बारेमा कसैले सोद्द्दा उनि ‘आफ्नै क्यान्सर रोग र उसले दिएको आकस्मिक मृत्युको सन्देश पनि एक मजबुत सुत्र हो ‘ बताउने गर्छन्।
एक जना अति सफल ब्यापारिले आफ्नो कम्पनिमा आफ्नो एक कर्मचारी दिवङ्गत बनेको भन्दै श्रद्दान्जलीका लागि आफ्ना सारा कर्मचारीलाई पत्र बांढे ।
पत्रमा मर्ने को थियो नाम थिएन तर । सबैको चिट्ठीमा एउटै ब्यहोरा थियो ‘ आज सम्म तिमीलाई पदोन्न्ती मा रोक्ने त्यहि ब्यक्ति हो तैपनि अन्तिम श्रद्दान्जली दिन आउंछौ भने आउ ” कामदारहरूले सम्झे सत्रु मरेछ , जाती नै भयो, अब अन्तिममा श्रद्दान्जली दिनै पर्यो , तर को रहेछ त्यो भन्दै जिज्ञासाले भरिएर श्रद्दान्जली का लागि सबै कर्मचारीलाई अवसर दिए ।
जो जो कर्मचारी त्यहां थिए , ति सबै जिज्ञासा बोकेर एक एक गर्दै कोफिन नजिक पुगे र फुल चढांउना साथ कोफिन हेर्दै एकाएक शर्माएर फर्किन थाले । रहस्य के थियो भने जो कोफिन नजिक पुग्थे , उनिहरू कोफिन भित्र आ-फ्यानै अनुहार देख्थे । कोफिन भित्र कसैको पनि लाश थिएन बरू केवल एक ऐना थियो । आ-फ्नो प्रगतिको बाधक संधै अरुनै हो आफु शिवाय अरू सबै दोषि ठान्ने कर्मचारीहरूलाई आफ्नो बाधक आँफै हो भन्ने सन्देश दिनु थियो ति मालिकलाई । र यो सन्देश मृत्यु बोध मार्फत बढि प्रभावकारी हुन गयो ।
मलामि बनेर आएको दिन, दुर्घटना देखेको दिन ,दुख परेको दिन तपाईं बढी भावुक हुनुहुन्छ । किनकि त्यस दिन तपाईंलाई याद भयो कि जीवन जन्म र मृत्यु नाप्ने एक डोरी को नाम हो , जति खेर, जुन बहानाले पनि यो चुंढिन सक्छ । तपाईंं त्यस दिन बढी रसिक , नम्र र सबैको जाति बन्ने प्रयास गर्नु हुन्छ । किनकि अनित्यता को भाव जागे पछि तपाईंं आ-आफ्ना सारा घमण्ड बिसाउंदै जानु हुन्छ ।
यहि मृत्यु बोध गराउन बुद्द सम्प्रदाय र स्वामी कृष्ण मुर्ति द्वारा निर्देशित आनन्द मार्गि हरू औंसिको मध्य रात मा चिहान मा गएर ‘कपाली ‘ध्यान गर्ने गर्छन्। जसले स्थायी वैराग्य लाई स्थायी भावना तर्फ लैजान्छ । हरेक दिन मृत्युको सतत याद आवस भनेर कतिपय ब्यक्तिहरू ‘हरेक दिन ग्रेभ यार्ड ‘ जान्छन् । यसो त हिन्दू धर्मका नित्य कर्म अन्तर्गतको सन्ध्या बन्धन मा शरीरमा भस्म लगाउनु पर्ने , मरेका पुर्खाहरूलाई सम्झनु पर्ने ,बुद्द धर्म मा हरेक दिन साक्षि भाव जगाउनु पर्ने , मुस्लिम सम्प्रदायमा ‘नुर मसि’ भन्दै मृत्यु पछिको ज्योति यनकि आत्मा लाई सम्झनु पर्ने विधिहरू ले मृत्युलाई संधै सम्झिएर दिन शुरु गरियो भने त्यो दिन अझ उत्पादनशिल र सुन्दर रहेने छ ।
म किन मर्नु पर्छ , यदि यो प्रश्न आफुले आफुलाई हरेक दिन ऐनामा हेरेर गर्ने र जो भेटिन्छ उसलाई बाहिर नमस्कार गर्ने र भित्र मनमा ‘यो ब्यक्ति पनि एक दिन मर्ने नै हो ‘यो नै मेरो यिनी सँग आखिरी भेट हुन सक्छ भनेर ब्यवहार गर्ने हो भने उनिलाई हामी जीवन भर राम्रो साथी बनाउन सक्छौं । त्यसैले मृत्युको बारेमा हरेक दिन नडराइ प्रश्न गर्ने हिम्मत बढाउनु पर्यो ।
इतिहासकै सबभन्दा बहुमुखी प्रतिभावान् मानिएका लिओ नार्दो दा भिन्चिकै कुरा गरौं । त्यत्रो अभूतपूर्ण प्रतिभा उनमा कहाँबाट पलायो ? त्यही प्रश्न जारी राख्ने ताकत । उनी अध्यापकहरुसित यसरी प्रश्नमाथि प्रश्न सोध्थे–कि टिचरहरु नाजवाफ हुन्थे ।
पछि दा भिन्चिले आफूभित्रको महानप्रत्तिभा विस्फोट गराउने सात अत्यन्त महत्वपूर्णसूत्रहरू छोडेर गए जुन हाउ टू थिंक लाइक लिओ नार्डो दा भिन्चि भन्ने पुस्तकमा समाहित छन् । ती सफलताका सात स्वर्णीम सूत्रमा पनि सबभन्दा महत्वपूर्ण हो – प्रश्न गर्ने बानीको विकास ।
अस्ट वक्र ले राजा जनक लाई भनेका थिए हरेक दिन सम्झ कि तिमी हरेक दिन काललाई आफ्नो गोजिमा बोकेर हिंडेका छौं । त्यो काल गोजि बाट कुनै पनि बेला निस्कन सक्छ । यसै गरेर संस्कृत साहित्यको सुभाषितम मा भनिएको छ ‘
व्याघ्रीव तिष्ठति जरा परितर्जयन्ती
रोगाश्च शत्रव इव प्रहरन्ति देहम् ।
आयुः परिस्रवति भिन्नघटादिवाम्भः
लोकस्तथाप्यहितमाचरतीति चित्रम् ॥
अर्थात मानिस शरिरको बुढ्यौली पन देख्दा बाघ झै डराउंछ, रोग देख्दासशत्रु ठान्छ , जीवन चुहिने माटोको भांडो को पानी जस्तै विस्तारै चुहिएर सकिंदै छ तर पनि मर्नु पर्छ भन्ने विर्षन्छ , यो अतिन आश्चर्यको कुरा हो ।
कवीर आफ्नो दोहा मा लेख्छन्
‘कबीर कहा गरबियो, काल गहे कर केस.
ना जाने कहाँ मारिसी, कै घर कै परदेस’’
मृत्युले तिमीलाई आफ्नो हत्केलामा राखेको छ तिमी किन बुझ्दैनौ , घर या परदेश जहाँं पनि उसले तिमीलाई मेट्न सक्छ ।
फुल जस्तै जीवन जीउन पहिले कांडाहरू सँग मित्रता गांस्न सिक्नु पर्छ । यस्तै कांडाहरूमा मृत्युको डर एक हो , हरेक दिन यसको साक्ष्यात्कारले जीवन त्रास बाट आनन्दमा परिणत हुंदै जान्छ ।
यसरी हरेक दिन मरणको सतत सम्झना जीवन सुधार्ने र सुधिएको जीवनबाट सुख पाउने कला बन्न सक्छ । यो कला नै मानिसको सुखको सुरुवात बन्न सक्छ । अरूले खुशी देला भन्नु आफ्नो कमजोरी हो, एक्लो आगमन एक्लाई विदाइ हुनुपर्छ ।
घाटमा जल्दै गरेको लाशलाई हेरेर आफन्तहरूनै भन्छन्न ,’अझै कति बेर लाग्छ ‘! त्यसैले जीवनको अर्थ खोज्दै जांदा भेटिन्छ । कार्यको गति कम होस् तर त्यो कसैको भलाईको लागि होस्,फुल जस्तोसुकै होस् तर त्यो सुन्दर हुन्छ.काम पनि जस्तोसुकै होस् त्यो सदैव पवित्र हुन्छ। जन्म सबैको सामान्य हुन्छ तर मृत्युलाई ऐतिहासिक बनाउन सकिन्छ। जसले आफ्नो सोचलाई परिवर्तन गर्न सक्दैनन् उनीहरूले केहि पनी परिवर्तन गर्न सक्दैनन्। आउनुहोस्, भोली हैन आजै बाट हरेक वस्तु नासवान छ , म पनि त्यस नाशवान कै एक अंश हुँ र नाश हुनु अघि हरेक दिन मृत्युलै मुस्कान दिएर बांच्छु भन्दै सुख सुत्रको अभ्यास गरौं ।
।।अस्तु ।।
bhimsensap@hotmail.com
Monday 12 October 2015
6 हाइकु
'हाईकु'
1)फर्किन्न अब
भेट्नै चाहेको भए
चिहान कुर्नु ।
2)डांडाको रुख
झारी सकेर पात
वसन्त डाक्छ ।
3)मुखमा दाग
ऐना चैं पुछिरह्यौ
उस्तैछ भ्रम ।
4)सुर्य ब्युंझिन्छ
काला वादल तोड्दै
हांस्छ हिमाल ।
1)फर्किन्न अब
भेट्नै चाहेको भए
चिहान कुर्नु ।
2)डांडाको रुख
झारी सकेर पात
वसन्त डाक्छ ।
3)मुखमा दाग
ऐना चैं पुछिरह्यौ
उस्तैछ भ्रम ।
4)सुर्य ब्युंझिन्छ
काला वादल तोड्दै
हांस्छ हिमाल ।
5)'बाटो र मान्छे
बाढि बनेर बग्दा
तगारो तोडिन्छ ।'
बाढि बनेर बग्दा
तगारो तोडिन्छ ।'
Tuesday 6 October 2015
'' वासि अनुहारहरू '' कविता -३
''
वासि अनुहारहरू ''
मिराज
खोजीले
भरीएको .
थोरै
सत्य अनि धेरै भ्रम ,
असंख्य
कृतिम हांसो पोखिएको
,
इर्श्या , जलन र तनाव पोतिएको
एउटा भित्तो।
जसमा
संसार कर र रहरमा
साङ्लो बन्दै
जोडींदै
गएको छ ,अन्तहिन खोजमा ।
अतृप्तिको
मरूभुमिमा तृप्तिको तिर्खा मेट्न
भीड
लाग्ने त्यो भित्तो ।
त्यही फेसबुक नामको
आंखिझ्याल बाट
म
संसार चियाउंछु, र देख्छु तिम्रो उजाड वास्तविकता ।
,
सबै-संधै शिखरमा
अडिएको देख्छु
एकै
पलको हांसो
मुस्किलले ,
सेल्फीका’ लागी उभिएर ।
कृतिम
मुस्कान , प्राप्ति र सफलताले
कति
तिता अभावहरू छेकेका छन्-
फेस
बुकका छरीएका मुस्कानहरूले ।
ग्रहणले
सुर्यलाई डसे जस्तै।
आडम्बरको
दौडमा मान्छेहरू
देखाउन र देखिन
विछिप्त
म्याराथुनमा
सभागी छन् ।
अक्टोपस
हुर्काउंदै आँफैंसँग
आफुमा
रहेको सबैं वस्तु
रित्तिए पछि
देखाउनकै
लागि
कोही नाङ्गिएका छन्।
देखाउनै
पर्ने , देखिनै पर्ने ,
जालोमा
फस्दै ई -रोगी
बनेका
छन् मान्छेहरू।
भ्रमको
खेती जसले
जती बढी छर्यो ,
उसैले
सस्ता तालिका लाइक
पाउने
लालसामा फस्दै गईरहेको
छ
मान्छेका सिर्जनशिल समयहरू ।
निम्फोमेनियक
सँग डुल्दै छन्,
विजुली
तरङ्गमा ।
धन्य
मार्क जुकर्बर्ग
तिम्रै साङ्लोमा
संसार
जेलिएर तिमीलाई
,आधुनिक
कुवेर बनांउंदै छ।
तर यो भित्ताले कहाँं देख्यो र खै
मेरो
जुनकिरिको कथा ।
गगन
चुम्वि भवनको छेउमा
ढाका टोपी मुनि बांधीएको
ककटेल
पोशाकमा हांसो अटाउने ,
दिवालमा
, मान बहादुरले
टाइशुट खोलेर भट्टिका कुनाहरूमा
डलर
सँगै साटेका मैला पसिनाहरू,
खै
कहाँं लाइक गर्न पाईन्छ र !
तिमी
हांसेर सेल्फिमा
दन्तलहर
देखाईरहंदा
जीवन
सिलाउन
हिडडा हिंददै आँफै उध्रिएका
किसानका
सपनाहरू ।
भकारो
सोर्दै गर्दा
मेटिएका हातका रेखाहरू ,
सोत्तरको
भारी घिसार्दै गर्दा,
चौतारीले मागेको
नाकैको
टुप्पोका पसिनाहरू ,
तिम्रो
भित्तामा
कहाँँ
अटायो त खै ,
अझै
टुकिमा निर्वाह गर्ने
मेरो
बस्तिमा टल्केका
अभावका कथाह्ररू ।
मरू
भुमिमा चुहिंदै गरेको ,
बुद्दका
पसिना ,
अध्यांरो
कोठामा ,
भांडा मस्काइरहेका ठेलाहरू
कहाँ
पोस्ट भएर खै ।
भयो
तिम्रो भित्तामा
नटांसिएका
बा का , उध्रिएका
टोपिहरू
पाखुराहरूले
छाडेका
बांझा
सुन खेतहरू
तिम्रा भित्तामा नअटाएर
केही
भएन,
चट्याङ्गको
उज्यालोमा
मेरो गोठ ,
पधेंरो
, र खोरियाहरूको
आकाशले
तस्विर उतारीरहेछ
ब्रम्हा
बुढाको फेसबुकमा
सभ्यता र प्रकृति
'स्ट्टाटस 'सङ्गै 'ट्याग गर्दै '
युगौ युग देखि।
त्यसैले तिमी
लाइक गर या नगर
युगले
कोरेका मेरो
भीरकुनाको वस्तिहरू
प्रकृतिको सेल्फीमा
मौसम
नै पिच्छे पोस्ट गरिएका ,
सुनगाभा
,लालिगुरांस, चांप र पैंयुंको
पोस्टिङ्ममा ,डांफे र मुनालको कमेन्टमा रम्दै
पारी
पारीका हिमाल सँगै हांसिरहेको छ
निस्कलङ्कित
आकाशको सम्मोहनमा ।
भएको
नदेखिएला भन्ने डर छैन
नभएको
कृतिमता देखाउनै पर्दैन ।
जुनकीरी
सँगै विश्राम गर्दै ,
भालेको
डांक सँगै जाग्ने
मेरा
कटेरीहरू , लाइकको गन्तिमा
अबेररात सम्म
बासी
अनुहार कहिल्यै बन्दै बन्दैन ।
उं
हांसि रहेछ आफ्नै मौनतामा
स्वतस्फुर्त
मित्र छन्न ,जल ,
वायु
, अग्नि र आकाश
र धर्ती
‘लाइक’को लागि
पैचो
तिरेर खेताला साथी
बनाइ रहनै पर्दैन ।
-भीमसेन
सापकोटा । (5-10-2015)
Thursday 1 October 2015
हांस्न सिक्नुहोस्, जीवन सुन्दर रहनेछ (प्रेरणादायी लेख-10 )
हांस्न सिक्नुहोस्, जीवन सुन्दर रहनेछ
"संसारमा तीन प्रकारका मानिस हुन्छन्, कोहि आँफैं देख्छ , कोहि देखाए पछि देख्छ र कोहि जति देखाए पनि देख्दै देख्दैन । "-लिओनार्दो दा भीन्चि
जापानमा मन्दिरहरूका द्वार अगाडि राखिएका दुईवटा बाघका मुर्तीहरू मध्ये एकको मुख खुला र अर्को को मुख बन्द गराइएका छन् । हेर्दा सामान्य लागे पनि यी कलामा ठुलो जीवन दर्शन अटाइएका छन्। जस मध्ये भाले बाघ को मुख खुला हुनुको अर्थ खराव विचार , ब्यवहार र दुषित आत्मा हरूलाई डरदेखाएर भागाउनका लागि हो भने बघिनीको मुख बन्द गराइनुको अर्थ राम्रा , विचार , सकारात्मक भाव र असल कुरालाई आँफैमा बचाइ राख्नु हो ।
हरेक दिन हाम्रो समाजमा ,सङ्गतमा राम्रा र दुषित सबै खाले मनिस सङ्ग हेलमेल हुने गर्छ । अझ राम्रा त कमैं भेटिन्छन्। जब हामी नराम्रा बाट आफु प्रभावित भन्छौ , त्यतिबेला हाम्रो राम्रो पन गुम्छ र हामी ‘हामी ‘ बन्दैनौ ।
त्यसैले आफु आफैं भएर बांच्न बघिनी ले झैं राम्रा कुरा आफु भित्रै बचाउनु राम्रो हुन्छ । यो कला संग पुर्वीय विद्वान चाणक्य सहमत हुंदै भन्छन् " ‘बुद्दीमान मानिस थोरै बोल्छ , धेरै सुन्छ र धेरै विचार गर्छ '।
मान्छे कहिले डर बोल्छ , कहिले रहर बोल्छ ,कहिले औपचारिकता र कहिले वाध्यता बोल्छ ,आफ्नै कुरा उ मुश्किलले बोल्न सक्छ । आ-आफ्नो प्राकृतिक बोली बोल्न सकिएन भने मानिस बेचैन बन्छ, गुम्सिएका भावहरूले दु:ख मात्र हैन रोग समेत निम्त्याउने आयुर्वेद चिकित्साको सिद्दान्त छ ।तसर्थ कम बोल तर आफ्नै बोली बोल यो सुखको कारक हुन्छ ।
तिमीलाई अरूकोमुख बाट जस्तो शब्द सुन्ने विचार हुन्छ आफु त्यस्तै बोल्ने प्रयास गर । हांसो दिंदा हांसो फर्कन्छ र रिस दिंदा रिसै फर्कन्छ । नराम्रो कुरा बोल्नै पर्दा पनि शब्द मात्र फेर बदल गरियो भने यसले सबैलाई लाभै- लाभ पुर्याउंछ । अक्सर गरेर हामीले अरू प्रति आभारी का शब्द बोल्न कन्जुस्याइं गरेनौंभने कम्तिमा मनको मैलो त्यत्तिकै निखार्ने बानी हुन्छ ।
मनलाई सुखको अवस्थामा पुर्याउने विभिन्न उपाय मध्ये मनोविज्ञानले हास्न सक्नुलाई ठुलो उपल्ब्धी ठहर्याएको छ । जो सँग भेटहुंदा पनि कटुता नराखि
मुस्कुराउने र दिनमा पटक पटक खुलेर हांस्न सक्ने मानिस र्हिदय रोग बाट टाढा हुन सक्ने एक अनुसन्धानले देखाएको छ । यसै कारण संसारका विभिन्न देशमा हांस्य क्लव हरू खोलिएको पाईन्छ । हांसो ले जीवनमा उत्साह लिएर अांउछ ।
चाणक्य सूत्रमा भनिएको छ '“निरुत्साहाद् दैवं पतति|“।
निरुत्साहित र हास्न नसक्ने मान्छे ले आफ्नो भाग्य नै गुमांछ । हांस्न नसक्ने निरास मानिसहरू तनाव र मुटु रोगका शिकार हुन्छन्। स्ट्रेस हर्मोनका कारण मानिसलाई डर, चिन्ता बढी हुन्छ ।
शरीरमा स्ट्रेस हर्मोन सक्रिय भयो भने डर मात्र लागिरहन्छ । नेपालमा भूंईचालोको बेला विरामी को रगत परीक्षण गर्दा धेरै मानिसमा स्ट्रेस हर्मोनको मात्रा बढी भेटिएको डाक्टरले बताएका छन् । लगातार भुइँचालो आइरहेका कारण धेरै मानिस डराएका थिए । त्यस्तै, राजनीतिक वा बाहिरी घटनाले पनिमानिसलाई चिन्तित बनाउँछ । कतै कर्फ्यु लाग्यो, कतै गोली चल्यो, कतै बन्द भयो, मुठभेड भयो यी घटनाले मात्रै चिन्ता दिने होइन । यी जम्मै कुरा सुनेपछि तपाईंमा " स्ट्रेस हर्मोन रिलिज हुन्छ र तपाईंलाई डर वा चिन्ता लाग्न थाल्छ । यदि सबै नकारात्मक घटना सुनेर पनि स्ट्रेस हर्मोन रिलिज हुनदेखि रोक्न सकियोभने केही हुँदैन । यस्ता घटना सामान्यतः बालबालिकाले पनि सुनेका हुन्छन् । तर उनीहरूलाई यी घटनाले छुँदैन वा उनीहरूलाई थाहा छैन र उनीहरूलाई चिन्ता हुँदैन । घटनाले तपाईंलाई दुःखी बनाउँदैन, त्यो घटनाप्रतिको तपाईंको प्रतिक्रियाले दुःखी बनाउने हो । डर र चिन्ता आउन शरीरमा स्ट्रेस हर्मोन एक्टिभहुनुपर्छ । स्ट्रेस हर्मोनले सकारात्मक र नकारात्मक दुवै कार्य गर्छ । अहिले संसारमा हजारभन्दा बढी रोग छन्, वैज्ञानिकहरूले यो पनि भनेका छन् कि मानिसलाई लाग्ने सबै रोगको पछाडिको कारण स्ट्रेस हर्मोन पनि हो ।
अलिअलि त स्ट्रेस हर्मोन पनि चाहिन्छ, नत्र मानिसले सही ढंगले काम गर्दैन । तर, धेरै भयो भने गाह्रो पार्छ । स्ट्रेस धेरै भयो भने त्यसलाई टी–स्ट्रेस भनिन्छ । यो धेरै स्ट्रेस हर्मोन आउनदेखि रोक्न पनि हाँसोले काम गर्छ । कसरी भने, हाँस्दा एन्डोर्फिन्स रिलिज हुन्छ, यो साकारात्मक हर्मोन हो । पोजिटिभलेनेगेटिभलाई काट्छ । कोठामा त अँध्यारो वा उज्यालो मात्रै हुन्छ, दुवै एकैसाथ त हुँदैन । निरन्तर हाँसिरहने मानिसमा एन्डोर्फिन्स बढी निस्कन्छ, जसले स्ट्रेस हर्मोनलाई कम गर्छ र दुःख–चिन्ता कम हुन्छ । डर दुई प्रकारका हुन्छन्– एउटा लजिकल डर हुन्छ । आगलागी भयो भने त डराउनै पर्यो । अर्को, मानिस त्यत्तिकैके–के परिणाम सम्झेर पनि डराइरहेको हुन्छ । यो त्यत्तिकै डराउने समस्याको समाधान हाँसो नै हो । वैज्ञानिकहरूले निरन्तर हाँस्नेहरूलाई 'डिप्रेसन' नहुने पनि पत्ता लगाएका छन् । डिप्रेसन उसैलाई हुन्छ, जसको शरीरमा 'सेरोटानिन' भन्ने हर्मोन कम निस्क्यो वा कत्ति पनि निस्केन भने डिप्रेसन हुन्छ । त्यस्तै,एन्डोर्फिन्स निस्केन भने पनि डिप्रेसन हुन्छ । शरीरमा सकारात्मक हर्मोन निकाल्न सघाउने एउटै माध्यम हो, हाँसो । कुनै रोगका कारण मानिस हाँस्नै नसक्ने अवस्थामा पुग्यो भने त बेग्लै कुरा । तर, सामान्यतः हाँस्न सक्ने अवस्था छ भने हाँसो धेरै रोगका लागि राम बाण हुने गर्छ ।
हाँसोको विज्ञानलाई' गेलोटोलजी' भनिन्छ । हाँसोले शरीर र मनमा पार्ने प्रभावबारे अध्ययन गर्ने विज्ञान नै 'गेलोटोलजी' हो । तर, हाम्रो समाजमा हाँसोलाई त्यति महत्त्व पनि दिइँदैन । हाम्रोमा परम्परागत रुपमा नै ‘हाँस्यो कि नास्यो’ भन्ने अवधारणा पनि छ । अब यसको लाभ पक्ष हेर्दै यसलाई लाई सम्पादन गरेर’'हांस्यो कि रोग नास्यो ‘' बनाउनु पर्ने भएको छ । हाम्रोमा गम्भीर प्रकृतिका मानिस वा भद्रभलादमीहरू खासै हाँस्दैनन् । हाम्रोमा कि त केटाकेटी हाँस्छन्, कि त महिलाहरू हाँस्छन्, या त गम्भीर नहुनेहरू हाँस्छन् भन्ने अवधारणा रहँदै आएको छ । समाजका प्रतिष्ठित विल्ला लागेकाहरू नहाँस्ने, परिवारमा ठूलाबडानहाँस्ने भएपछि हाँसोले महत्त्व पाउने भन्ने भएन । तर अनुसन्धानले देखाएको छ कि हाँसोले भौतिक , मानसिक, सामाजिक र आर्थिक लाभ दिलाउंछ । यसबारे धेरै अध्ययन भइसकेको छ, अझै पनि हुँदै छ ।
शारीरिक व्यायामले शरीर स्वस्थ राख्छ । स्वास्थ्य नै सुखको कारक मध्ये एक हो । आवश्यक मात्रामा शारीरिक कसरत हुन सकेन भने मानिस शारीरिक र मानसिक रुपमा स्वस्थ हुँदैन । शारीरिक व्यायामले दिने लाभ हाँसोले पनि दिन्छ भन्ने 'गेलोटोलजिस्टले' पत्ता लगाएका छन् । शारीरिक व्यायामले शरीरमाजे प्रभाव पार्छ वा जस्तो फाइदा पुर्याउँछ, त्यो हाँसोले पनि दिन्छ । हाँस्दा मात्रै अनुहारका ४४ वटा मांसपेसी चल्छन् । हाँस्दा धेरै मसलको एक्सरसाइज हुने हुँदा हाँसिरहने मानिसको अनुहार त्यति बिग्रँदैन । जस्तो, उमेरअघि नै चाउरी पर्दैन, खटिरा आउँदैन ।
अनुहारलाई प्राकृतिक रुपमा सुन्दर राख्न हाँसोको विशेष भूमिमा रहन्छ । अप्राकृतिक साधनको प्रयोग अत्यधिक गर्दा अनुहार सुन्दर बनाउन सकिएला, त्यसले नकारात्मक असर गर्छ, तर हाँसोको कुनै असर ' साइड इफेक्ट' छैन, फाइदैफाइदा छ । साना बच्चा र खासगरी तरन्नेरिहरूको अनुहारमा जुन चमकहुन्छ, त्यसको पछाडिको कारण हाँसो हुन्छ । किनभने, केटाकेटी र युवती अलि खुलेर हाँस्छन् । अर्को कुरा, हाँस्दा सबैभन्दा बढी पेट चल्छ । हाँस्दा पेट चल्ने भएकाले अंग्रेजीमा ‘बेली–लाफ’ पनि भनिन्छ । हामी पनि ‘पेट मिचिमिची हाँसियो’ भन्छौँ । हाँसोले पेटको सम्पूर्ण भागको एक्सरसाइज हुन्छ । पेटसम्बन्धीरोग निको पार्न पनि हाँसो लाभदायी हुन्छ । यदि पेट घटाएर सुन्दर वा सुन्दरी देखिने हो भने पनि हाँसो निकै उपयोगी हुन्छ । मान्छेको कुरूपता पेट बढ्नु पनि हो । उमेर छँदै पेट बढ्यो भने कुरूप त भइन्छ नै, सँगसँगै डायबिटिज पनि निम्तिन्छ । सामान्यतः पेट थोरै मात्रै बढ्दा पनि डायबिटिजले आक्रमण गर्ने सम्भावनाधेरै नै रहन्छ । हाँस्दा अनुहार, पेट मात्रै नभएर पूरै शरीरका मांसपेसी अछुतो रहँदैन । हातखुट्टा चल्छन्, पूरै शरीर थर्कन्छ पनि । यसलाई बुझ्नका लागि घर ढलानको उदाहरण हेर्न सकिन्छ । सामान्यतः हामीले ढलान गर्दा डन्डीले घोँचेर सिमेन्ट खँदिलो बनाउँछौँ । तर, ठुल्ठूला घर ढलान गर्दा भाइब्रेटरको प्रयोगगरिएको हुन्छ । भाइब्रेटरले जुन कम्पन पैदा गर्छ, त्यसले ढलान गरेको ठाउँमा सिमेन्टलाई खँदिलो बनाउँछ । त्यस्तै, मजाले हाँस्ने मान्छेको पनि पूरै शरीर भाइब्रेट हुन्छ ।
जसकारण पूरै शरीरका कोषमा व्यायाम हुन पुग्छ, शरीरलाई खँदिलो बनाउँछ । आधा घन्टा व्यायाम गर्नु र पाँच मिनेट हाँस्नुको फाइदा एउटै हुन्छ । अचेल योगमा पनि एउटा पद्दति विकास भएको छ, त्यसलाई भनिन्छ,' हांस्य योग '’ लाफ्टर योग’ भन्ने नामले समेत पुकारीन्छ । जसमा केहीबेर मजाले दिल खोलेरहाँसिन्छ, वा हाँस्ने अभ्यास गरिन्छ । यो पद्दति अस्ट्रेलिया , युरोप ,अमेरिका लगायतका देशमा बढी नै लोकप्रिय हुन लागेको छ ।
एउटा संस्कृत स्लोक छ :
"चन्दनं शीतलं लोके ,चन्दनादपि चन्द्रमाः |
चन्द्रचन्दनयोर्मध्ये शीतला साधुसंगतिः ||-
अर्थात सुखि मान्छे र असल मित्र चन्द्रमा र चन्दन भन्दा पनि शितल हुन्छ, जबकि संसारमा चन्दन र त्यो भन्दा धेरै चन्द्रमा शितल हुन्छ भन्छन्न।
पामको भनाइमा :'ईश्वरको रुप हांसोमा हुन्छ ।
यसोत भनिन्छ 'हांसेर बोल्ने ले खुशी लिन्छ र अरूलाई पनि खुशी दिन सक्छ । तसर्थ हांस्न सक्नुमा सुखको सूत्र लुकेकै छ ।
मान्छेको मस्तिष्कमा १ सय विलियन न्यूरोन्स हुन्छन् र ३५ वर्षपछि दिनहुँ करिब ७ हजार न्यूरोन्स नष्ट भएर जान्छन् । ति न्युरोनलाई कम सँख्यामा नष्ट हुन दिन , आहार विहार र व्यवहार शुद्द हुनु जरूरी छ । जब आहार विहार र ब्यवहार शुद्द हुन्छ तव मान्छे हांस्न सक्छ । रोगी र निरास मान्छे हांस्न सक्दैन । हाम्रोशरीरमा ६३९ वटा मांसपेशी हुन्छन् र एक जना मानिस हाँस्दा करिब ४४ वटा मांशपेशीको अभ्यासको एकैसाथ अभ्यास हुने हुंदा आजै बाट परिवारमा हांसो को संचार ल्याउं ।
एक पटक हाँसेर खिच्दा फोटो सुन्दर आंउछ भने संधै हांस्ने अभ्यास गरेमा जीवन नै सुन्दर हुन्छ । bhimsensap@hotmail.com
Subscribe to:
Posts (Atom)