Saturday, 26 September 2015

गजल -1



घामले मात्र हैन , बादल ले नि पोल्न थालेको छ आजकाल ।
रात नपर्दै फ्याउराहरूले मैंहु शेर भन्न थालेको छ आजकाल ।

कागहरू श्वेत वकुल्लाको  नाममा एक्कासी बदलिएका छन्
देश फेर्दैमा मोहन माइकल बन्न थालेको छ आजकाल ।


वोकाहारू पनि दारी पालेकै भरमा दर्शनिक भनिन थाले
रफावले नै मान बहादुर मोतिराम बन्न थालेको छ आजकाल ।


लेखक, समाजसेवि वा दाता जे -जे , बन्छु भन्छौ
सेवाका तक्माहरू दोकानमै भेटिन थालेको छ आजकाल ।। 

     -भीमसेन सापकोटा


No comments:

Post a Comment