Saturday, 26 September 2015

गजल ५

सयौ ति फुलहरूको माली बन्न पाए हुन्छ ।
हिमाल,पहाड तराइ भन्दा नेपाली भन्न पाएँ हुन्छ ।

देश बनाउन हिडेका ती भीडहरुलाई
हातका औलामाथि राखी गन्न पाएँ हुन्छ।

पराइका कुरा काटी चोक र गल्ली हिड्ने समयमा
सुन फलाउन बाँझो खेत खन्न पाएँ हुन्छ ।


नलगाउ भो आदर्शका ब्यर्थै फोस्रा नारा
कलेटिएका अनुहारहरुमा प्रसन्न पाएँ पुग्छ ।

एँ अस्ट्रेलिया तलाई के थाहाँ छ र अझै
रुकुम,रोल्पाका ती भोका पेटलाई अन्न पाएँ पुग्छ ।

-भीमसेन सापकोटा 

No comments:

Post a Comment