सुतेर देखिने सपना -सपना होईन ,
बरू ,सपना त्यो हो,
जो देखिए पछि सुत्न दिंदैन ।
यस्तै सपना देख्नु गल्ती थियो मेरो ।
तारा देखाएर ,उ सँगैं उदाउने प्रयास गर्नु
एउटा भुल थियो ।
त्यसैले तिमी सपना तुहाउन ,
ताना बाना बुनिरहेका छौ ।
देउ जहर म हांसेर पिउनेछु ।
आफ्नै टाउको हातमा लीइ नाच्ने छु ।
मेरो दुनियाँ खुशी हुन्छौ भने, तिमि लाई
खुशी पारीइरहन, म हांस्दै चिता चढ्ने छु ।
सुकरात , ओशो , प्रभुपाद र कृष्ण मुर्ती
खै कसलाई छाड्यो र जहरले,
ताराहरू झरीरहनु पर्छ यहाँ ,
उज्यालो हुन दुनियाँको रहरले ।
सुतेकाहरू सुतेको ठान्दैनन्,
बेहोसिहरू चेत हराएको मान्दैनन्
सत्य ,हो, तिमीले हारीरहनु पर्छ
आफु पीडा उसिनेर ,
अरूलाई पेडा खुवाउनेहरू नै यहाँ,
मरीरहनु पर्छ ।
ईतिहास हरू हो तिमीहरू
बलियाहरूका कलमका मसि बनिरहनु पर्छ ।
अांशु र पानी उस्तै -उस्तै ,
नपिउन्जेल स्वरुप दुरुस्तै ।
खुकुरीहरू हो, अचानोको मुख
संधै थुनिरहनू,
सोध्यो कसैले भने चोटको पीडामा
खुकुरी मात्र भनीरहनु ,
जर्सी गाई बनेर बसेका, सर्पहरूलाई
सधैं दुध पीलाई रहनु ।
युगहरू यसरी पो चल्नु पर्छ
सुर्यलाई उदाउंनै दिनुहुन्न,
अनी पो लाटोकोसेराको राज
चारै प्रहर चलिरहन्छ । -भीमसेन सापकोटा
No comments:
Post a Comment