आधा मुटु स्वदेशमा ,आधा परदेशमा
बांढिएर मुटु दुख्छ, बल्झिरन्छ ठेसमा ।।
मुलबाटोको मिठो साथ दोबाटोले तोडेपछि
टुट्यो यात्रा उसै गरि उनले घात रोजेपछि।।
दिलमा चोर बसाईछन् , विश्वासहरू टुटिगए ।
सम्बन्ध हो सिसा जस्तै ,एकै चोटि फुटिगए । ।
मेटियो नाता , सम्वन्धको , झल्को मेटिएन ।
निश्ठुरिको मन सिलाउने, सियो भेटिएन । ।
आधा मुटु स्वदेशमा ,आधा परदेशमा
बांढिएर मुटु दुख्छ, बल्झिरन्छ ठेसमा । -भीमसेन सापकोटा ,सिड्नी ।
Reference:http://nepalpati.com/news/21338/bhimsen-sapkota
No comments:
Post a Comment