Saturday, 2 January 2016

राजदुत ..सापकोटा ‘अनेसास हिरो’..माधुर्य खवर -2

Close
Select embed width then copy and paste code into your website.
फिजीका प्रधानमन्त्री फ्रान्क बाइनिमरामाले सिड्नी निवासी भीमसेन सापकोटालाई नेपालको संस्कृतिक राजदूत नियुक्त गर्नुभएको छ। कसरी भयो त उक्त नियुक्ति? यसबारे भीमसेन सापकोटाले एसबीएस नेपालीसँग गरेको कुराकाने।
By
SBS Nepali
Published on
24 October 2015
File size
4.8 MB
Duration
10 min 27 sec

0

सापकोटा ‘अनेसास हिरो’..माधुर्य खवर 1!



साहित्यकार तथा संचारकर्मी सापकोटा ‘अनेसास हिरो’

Written By : ausnepalnews.com on September 23, 2015

  4  0  4
bhimsen
टोकियो । अस्ट्रेलियामा रहेर साहित्यको बिकासमा दत्तचित्त साहित्यकार, संचारकर्मी तथा लेखक भीमसेन सापकोटालाई यस वर्षको ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास हिरो’ अवार्ड प्रदान गरिएको छ ।
प्रवासमा रहेर नेपाली भाषा साहित्यको प्रवद्र्ध गर्ने विभिन्न देशका ब्यक्तित्वहरूलाई सो अवार्ड प्रदान गर्ने गरिन्छ । जापानको टोकियो स्थित इकेगामिमामा आयोजित अनेसासको चौथो सम्मेलन मार्फत सो पदक प्रदान गरिएको हो । सापकोटा अस्ट्रेलियाको साहित्यिक माहोल सिर्जना गर्न विषेश योगदान  गर्दै आएका छन् । साथै डायस्पोरिक साहित्यीक  क्षेत्रमा उनको योगदान प्रशंसनीय पनि छ । सापकोटा असनेपालन्यूजका प्रधानसम्पादक समेत हुनुहुन्छ ।
उनको ‘भत्किएको  पर्खाल’ नामको पूर्णङ्की नाटक, पर्यावरण पर्यटन पुस्तक, विभिन्न फुटकर कविता, गित , गजल , मुक्तक कथा सार्वजनिक छन्। अनेसासको कन्द्रीय उपाध्यक्ष तथा र अस्ट्रेलिया न्यु साउथ वेल्सको अनेसास संस्थापक समेत हुन् ।
यसरी अनेसास हिरो अवार्डले बिभुषित हुनेहरूमा  सापकोटासँगै अन्यमा , एन आर एन आइ सि सि का उपाध्यक्ष भावन भट्ट, तथा   डा रुपक श्रेष्ठ, मोहन सिटौला,  भवन भट्ट, माइकल हट , डा कविता लामा ,कुमार बस्नेत लाई प्रज्ञा प्रतिस्ठानका कुलपति गंगाप्रसाद उप्रेति तथा अनेसासका केन्द्रीय अध्यक्ष पदम   विश्वकर्माले संयुक्त्त रुपमा प्रदान गरे । अनेसासले हरेक वर्ष विभिन्न क्षेत्रमा कलम चलाउने प्रवासि प्रतिभाहरूलाई प्रतिभाको कदर सहित सो अवार्ड प्रदान गरिन्छ । चौथो सम्मेलन मूल आयोजक समिती मध्येको पदक छनौट समितिले सो ‘अनेसास हिरो ‘पुरस्कार छनौट गरेको थियो ।  सो अवार्ड अन्तर्गत प्रमाणपत्र र मेडल रहेको छ ।
अनेसासले अनेक पुस्तक प्रकाशन, सिर्जना विस्तार, सर्जक सम्मान, नेपाली साहित्यको अंग्रेजी अनुवाद , प्रतिभा प्रेरणा लगायतका कार्य गर्दै आएको छ । अनेसासको  ७०० भन्दा बढी आजीवन सदस्य, ४२ देशमा ८४ शाखा रहेका छन्  २० हजार भन्दा बढी सादारण सद्स्य रहेका छन्। तीन दिन सम्म चलेको सो कार्यक्रममा डा खगेन्द्र प्रसाद लुईंटेल आप्रवासि साहित्य र तिलक मल्ल  जापानमा नेपाली साहित्यको अवस्था लगायतका वारेमा कार्यपत्र प्रस्तुत गरिएको थियो । सो अवसरमा विभिन्न सर्जक हरूले आ–आफ्नो रचना प्रस्तुत गरेका थिए ।
- See more at: http://ausnepalnews.com/?p=19064#sthash.431INQwJ.dpuf