Wednesday 5 August 2015

सफल हुनेहरूले देखेका सपनाहरू !

-भीमसेन सापकोटा  

"म आँफैले आफुलाई परिभाषित गर्न सकिंन भने अरूले मलाई तिनकै स्वादअनुसार परीकार बनाएर चपाउने छन्”-औड्रे लोड्रे । 

“म ज्ञानी बन्ने थिएं मलाई राम्रो शिक्षा लिने अवसरनै भएन !” “म ठुलो धनी बन्ने थिएं , तर मलाई समयले साथ दिएन ! म प्रथम हुने नै थिएें तर निर्णायकहरूले सहि निर्णय दिएनन्। “जब अङ्गुर टिप्न सकिंदैन तब , आफ्नो खुविलाई भन्दा अङ्गुरलाई नै दोष लगाएर ‘अङ्गुर अमिलो छ ” भन्ने यस्ता उक्त्तिहरूले मनलाई केहि बेर सान्त्वना दिए पनि यी स्थायि सन्तोष भने पक्कै होइन । अरूको नजरमा म कमसल होइन भनेर देखाउन केहि राहत मिले पनि मनको गहिरो असन्तुस्टीलाई यसले विराम दिन सक्दैन । 


अगाडि बढन र खुसि रहन चाहनेले संधै असफलतमा आफ्नो कमजोरि केलाएर अर्को पटक त्यसलाई नदोहोर्याउने प्रयास गर्छ , तर आफ्नो असफलताको कारण अरूमा खोज्नेहरू आँफै दु:खि त हुन्छन् नै तर अरूको पनि दु:ख को कारण बन्छन्। यसैले होला भारतका पुर्व राष्ट्रपती ए पि जे अब्दुल कलामका शब्दमा ‘वर्षा हुंदा सबै चराहरू , वादल र प्रकृतिलाई दोष दिंदै कहि न कहि ओत खोज्छन् , तर चिल भने बादल भन्दा माथि उडेर पानी को वर्षा बाट जोगिन्छ । ‘हरेक मानिसमा बुद्द बन्ने क्षमता निहित हुन सक्छ ,तर संयम जसले गुमाउंछ, त्यो अदम्य उपलब्धी बाट टाढा रहन्छ । जसले संयम गुमाउंछ उसले आँफै भित्रको बुद्दत्वपनी समाप्त पार्छ । 
धेरै जसो विज्ञहरू भन्छन् खुसि र सुखि हुन अरू केहि चाहिन्न बरू चाहिन्छ , एउटा सुन्दर सपना ! डा बिकासानन्द योगिको शब्दलाई सापट लिंदा देश र मानिस धनी बन्न एउटा मजबुत सपना चाहिन्छ । समस्या सपना नदेख्नू होइन।समस्या त सपना देख्न नखोज्नु नै हो। यहाँंनेर सपनाको प्रसङ्गमा, एउटा सानो वालक एकदमै गरिबीले थिचेको झुपडीमा बस्थ्यो । एकदिन स्कुलमा उनको एक शिक्षकले उनलाई एउटा लेख तयार पार्ने अभ्यास  दियो  र त्यो लेखको शिर्षक थियो ” मेरो सपना “!! 
बच्चा झुपडिमा रहनुको  बाबजुद पनि उनले यस्तो सपना लेख्यो ” म पचास वटा घोडा किन्ने छु अरब देशबाट , दस करोडको महल बनाउछु त्यसमा स्वीमिङ्ग पुल हुन्छ र घोडाहरुको लागि अलग स्वीमिङ्ग पुन हुनेछ । सात वटा विभागमा फ्याक्ट्री खोल्छु र यस्तै गरेर उनले सात आठ वटा सपनाको बारेमा लेख लेख्यो र टिचर भएको ठाउँमा गयो । टिचरले लेख देख्यो र भन्यो ” छोरा लेख त एकदमै राम्रो छ तर जुन माहोलमा , परिवारमा तिमी बस्छौ त्यो माहोलको हिसाबले यो सपना पूरा हुन सक्दैन बरु तिमी एउटा काम गर यो लेखलाई बदलिदेउ र यस्तो सपना लेख ” कि म एक सानो तिनो एउटा फ्लाट बनाउछु , एक टि भी लिनेछु जसमा एन्टिना घुमाइदै रहु , एउटा सानो पोखरी बनाउछु , यस्तै यस्तै पाँच दश वटा सपना बनाइहाल । तर बच्चाको हिम्मत हेर्नुस ऊ आफ्नो घर गयो र त्यसको आमा जो भाडा माझ्ने काम गर्छिन जो अर्काको घर घरमा गएर लुगा धुने काम गर्छिन उनलाई भनिन ” आमा मैले एउटा लेख बनाएको थिए , जसमा पचास वटा घोडा , दश करोडको महल , त्यसमा स्वीमिङ्ग पुल अलग्गै , मेरो स्वीमिङ्ग पुल अलग्गै , घोडाको अलग्गै । 
एउटा बम प्रुफ कार चाहिन्छ तर टिचरले भन्नुभयो यो सपना बदलिदेउ र यो बनाउ । यो मेरो दिलले स्वीकार गरेन तपाइको के सल्लाह छ ? तपाइको के विचार छ ? यो सपनाको कथाले ती वालकलाई कसरि उसको सपनाले अब उसलाई कतातिर लैजाला त ! अनपढ आमा , कपडा धुन्छिन , भाडाकुडा साफ गर्छिन , उसको आमाले भनिन ” छोरा यदि तलाई आफ्नो सपनामा विश्वास छ भने यो लेख कहिल्यै नबदल्नु । चाहे तलाई त्यो टिचरले मार्क्स दिओस न दिओस । त आफ्नो सपनालाई कहिल्यै नबदल्नु । तर आमा मैले आफ्नो लेख बदलिन भने टिचरले मार्क्स दिनुहुन्न । अनि आमाले भनिन ” तिम्रो टिचरलाई गएर भनिदेउ कि उ आफ्नो मार्क्स आफ्नो ठाउमा राखोस र मेरो आफ्नो सपना म आफ्नो ठाउमा राख्छु । अर्को दिन बच्चा स्कुलमा गयो र भन्यो ” सर ! आमाले भन्नुभयो म लेख बदल्न सक्दिन । तर टिचरले भन्यो ” म मार्क्स दिन्न ” तब त्यो बच्चाले भन्यो सर ! तपाइको मार्क्स आफ्नो ठाउमा राख्नुस र मेरो सपना म आफ्नो ठाउमा राख्छु । पच्चिस वर्षपछी त्यस बच्चाले अरब बाट पचास वटा घोडा किन्यो , दश करोडको महल बनायो , स्वीमिङ्ग पुल बनायो , बम प्रुफ कार किन्यो र सात वटा फ्याक्ट्री पनि खोल्यो अनि त्यो फ्याक्ट्रीको उदघाटनको लागि फिता काट्न त्यो बच्चाले त्यही टिचरलाई बोलायो , टिचरलाई यो कुरा थाहा थिएन कि यो युवक त्यही बच्चा थियो भनेर । जब टिचरले फिता काट्यो र हातमा माइक्रोफोने दियो अनि भन्यो सर ! तपाईं केहि भनिदिनुस सपनाको बारेमा । टिचरले भन्यो ” हेर सपना देख्नु एकदम राम्रो कुरा हो , हरेकले सपना देख्नुपर्दछ । ठूलो ठूलो सपना देख्नुपर्दछ । म यो युवकलाई धन्यवाद दिन चाहन्छु । 
यसले ठूलो सपना देख्यो । सबैले ताली बजाए र त्यो युवक( बच्चा ) माइक्रोफोन हातमा लियो र भन्यो ” म आफ्नो परिचय त दि दिउ , म त्यही बच्चा हु जो पच्चिस साल पहिले जो तपाइको अगाडि लेख लिएर आएको थियो र तपाइले भन्नुभएको थियो यो सपना कहिल्यै पूरा हुन सक्दैन । फेरि तपाइले भन्नुभएको थियो म मार्क्स दिन्न अनि मैले भनेको थिए कि तपाईं आफ्नो मार्क्स आफ्नो ठाउमा राख्नुस र म आफ्नो सपना आफ्नो ठाउमा राख्छु । म त्यही युवक हु सर ! टिचरको आखामा आँसु आयो र माइक्रोफोन हातमा लिदै भन्यो ” म आज केही भन्न चाहन्छु , मैले यस्तै हजारौ केटाकेटिहरुलाई डिमोटिभेटेड गरेको छु , उनिहरुको सपनालाई बर्बाद पारेको छु , एउटा मात्र हजारौ सवाल छन किनकी मेरो सपना पूरा भएन त्यसैले । 
याद राख्नुहोला जो तपाइको सपना बर्बाद गर्न लागीरहेको छ त्यो एउटै व्यक्ती हो जो आफ्नो सपना पूरा गर्न सकेन । त्यसैले अरूले हिंड्न नसकेका बाटाहरू उनिहरूका लागि असफल हुन सक्लान तर तपाईं सँग त्यो बाटो पार गर्ने सपना छ भनेअवश्य तपाईं ती बाटोको सफल यात्री भन्नु हुने छ । थोमस एल्वा एडिसन कुनै दिन असलफलातका उदाहरण थिए , अैन्स्टाइन लड्ठेब्रे थिए । सन्त कविर सडक वालक थिए । रामतिर्थ स्वामि एक गरिव थिए । तर अरू सँग जे छ त्यो उनिहरू सँग  थिएन तर अरू सँग जे थिएन त्यो मजवुत सपना उनिहरू सँग थियो र उनिहरूले  खुसि र सफलता बटुले । संस्न्कृत मा एउटा स्लोक छ , अल्छि लाई विद्द्या , मुर्खलाई धन , निर्धन लाई मित्र र अमित्रलाई सुख हुंदैन :

आलसस्य कुतो विद्या , अविद्यस्य कुतो धनम् | 
अधनस्य कुतो मित्रम् , अमित्रस्य कुतः सुखम् || 

आउनुहोस , तपाईं जहाँं हुनुहुन्छ ,नेपालको कुनै गांउमा ,शहरमा , अरवको मरूभुमिमा, अस्ट्रेलियामा , वा अमेरिकामा , तपाईं सँग केही छ वा केही छैन , त्यसले केही फरक पार्दैन बरू एउटा सुन्दर सपना र त्यसलाई प्राप्त गर्ने समय र योजना साथ राख्नुहोस्। आत्मपहिचान , सपना, योजना र निरन्तरता को समिकरण नै सफलता हो । bhimsensap@hotmail.com read more at http://ausnepalnews.com/?p=15409

No comments:

Post a Comment