अस्ट्रेलिया निवासी सापकोटा फिजिको पहिलो नेपाली सांस्कृतिक राजदुत
Written By : ausnepalnews.com on October 20, 2015
121 5 126
ईश्वर अधिकारी, सिड्नी – सिन्धुपाल्चोक जिल्ला जन्म भई हाल अस्ट्रेलिया बसोवास गर्दै आएका संचारकर्मी भीमसेन सापकोटालाई गणातान्त्रिक मुलुक फिजीले नेपालका लागि आफ्नो पहिलो सांस्कृतिक राजदुत बनाएको छ ।
सापकोटालाई गणतान्त्रिक मुलुक फिजिका प्रधानमन्त्री बेनी मरामाले अस्ट्रेलियाको सिड्नीमा आयोजित एक समारोहका विच सो घोषणा गरेका हुन् । प्रधानमन्त्री बेनिमरामाले सो अवसरमा प्रमाण पत्र हस्तान्तरण गर्दै यसकार्य बाट फिजि, फिजिमा रहेका नेपाली समुदयाय र नेपाल विचको भाईचारा थप विस्तार हुने बताउनु भयो । सो अवसरमा उद्द्योग, बाणिज्य तथा पर्यटन मन्त्री शाहीन अली, पररास्ट्र मन्त्रालयका कुटनितिक पदाधिकारीहरू, फिजिका सुरक्षा प्रमुख समेतले नेपालको बारेमा चासोपूर्ण र सकारात्मक धारणा राखेका थिए ।
(अस्ट्रेलियाको एस बि एस् रेडियो ले प्रसारण गरेको यस सम्बन्धी सामाग्री तथा अन्तर्वाता सुन्न यहाँ क्लिक गर्नुहोला ।)
सापकोटाले फिजिमा रहेका समुदाय र नेपाल विच सम्बन्ध विस्तार गरी उनिहरूको पहिचान विस्तारमा सघाएको, नेपालमा भुकम्पले क्षति पुर्याएको बखत अस्ट्रेलिया र फिजिमा रहेका फिजियन हरू विच सहयोगको भावना जगाउंदै नेपाल सहयोगको अभियान चालेको, गैर नागरिक भएर पनि फिजिको शान्ति प्रवर्द्दनमा विभिन्न अभियान मार्फत सघाएको ले उहांलाई कार्यको थप निरन्तरताका लागि यस्तो राजदुत बनाईएको जनाईएको छ ।
यसैगरी अस्ट्रेलियामा रहेका ४० भन्दा बढि फिजियन संस्थाहरूको छाता संगठन ’युनाइटेड फिजी कम्युनिटी ’(युएफसि)ले समेत सो अवसरमा सापकोटालाई ट्रस्टिको रुपमा चयन गरेको थियो । युएफसीका संयोजक बबी सिंह ले सापकोटाको सामाजिक सहयोग अभियान ले फिजि र नेपाल विचको सम्बन्ध प्रगाढ बन्दै गएको बताउनु भयो ।
सापकोटाकै नेपाल सहयोग अभियान मार्फत युएफसिले नेपालको ३ विद्द्यालय पुनर्निर्माण सहयोग, २ खानेपानी परियोजना सहयोग तथा भुकम्प पीडितलाई सहयोग प्रदान गर्दै आएको छ ।अस्ट्रेलियामा बसोवास गर्दै आउनु भएका सापकोटा समाजसेवा, शान्ती प्रवर्द्दन, नेपाली भाषा साहित्य र संचार क्षेत्रमा कृयाशिल हुनुहुन्छ । हला अस्ट्रेलियाको सिड्निमा सप्ताह ब्यापि रुपमा ’फिजी स्वतन्त्रता दिवस ’मनाउने क्रममा सो कायक्रमको आयोजना गरिएको थियो । सन १९६८ से नेपाल र गणतान्त्रिक मुलुक फिजी विच दौत्य सम्बन्ध रहंदै आएको छ ।भिक्टोरिया युनिभर्सिटी सिड्नी र यु टि ए सका प्राध्यापक सेमत रहनु भएका सापकोटा असनेपालन्युज सम्पादक हुनुहुन्छ । साभार डीसी नेपाल http://www.dcnepal.com/news/news.php?nid=171626 हिमालयन कङारू ।
- See more at: http://ausnepalnews.com/?p=20699#sthash.87675sUR.dpuf

नेपाली भाषा गुमाएको ‘नेपाली वस्ती’ : फिजीमा १३६ वर्षे नेपाली इतिहास संकटमा
2141 37 Google +1 3 1 0
- भीमसेन सापकोटा
- बुधबार, १५ पुष, २०७२
- 1 week ago
- नेपाल
- अष्ट्रेलिया
१३६ वर्षे नेपाली इतिहास भएको फिजीमा नेपालीपन जोगाउन नयाँ प्रयासको थालनी
टापु नै टापुको आभूषणका बीच प्राकृतिक छटाहरूले कुँदिएको एउटा सुन्दर देश फिजी । जहाँ ३२२ वटा सामुद्रिक टापुहरू तलाउमा फुलेका कमलका फुल प्रशान्त महासागरमा तैरिए झैं लाग्छन् । दक्षिण पश्चिमस्थित प्रशान्त महासागरको छातीमा विस्तारित यो मनमोहक द्विप ३ हजार १ सय ५२ किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
हराभरा जमिन, आधुनिकता र विश्वकै अनुपम पर्यटकीय गन्तब्यको नामले परिचित यो देशको उन्नतिमा नेपाली श्रम र पसिनाको ठूलो योगदान रहँदैं आएको छ । डच र बेलायतीहरूले प्रभाव पार्दै आएको यो देशलाई सन् १८७४ देखि बेलायतले आफ्नो उपनिवेश कायम गर्दै आएको थियो ।
करिब सय वर्षपछि १९७० बाट फिजी स्वतन्त्र र सार्वभौमिक राज्य बन्न पुग्यो । बेलायतीहरूले फिजीमा चिनी कारखाना तथा उखु खेती सञ्चालनका लागि सन् १८७९ देखि नै भारतीय कामदार लिन प्रारम्भ गरेका हुन् ।

त्यतिबेलाका सोझा र निरक्षर नेपालीहरूलाई ललाई फकाई झुक्याएर र गलत आश्वासनमा पार्दै त्यहाँ पु¥याइएको फिजीका पुराना नेपाली पुस्ता बताउँछन् । २÷४ महिनामै आउने हो भन्दैं लगिएका कामदारहरू फेरि कहिल्यै स्वदेश फर्कन पाएनन् । सिङाटोका ‘कावा नाङा साउ’ क्षेत्र नेपालीहरू बसोवास गर्ने मुख्य बस्ती मानिन्छ, जहाँं अहिले नेपाली मन, हृद्धय र आफ्नोपनले भरिएका नेपालीहरूको बाहुल्यता भेटिन्छ ।
नवगठित फिजी–नेपाली एशोसिएसनका अध्यक्ष तथा फिजीमा पुग्ने नेपालीका तेस्रो पुस्ता प्रवीण देव घर्ती भन्छन् ‘हामीबाट नेपाली भाषा गुम्यो, बोल्न सक्दैनौं, तर मन र मुटुमा हामी पुस्तौंदेखि नेपालीपन जोगएर राखेका छौं ।’
उनी थप्छन्, ‘हाम्रो पुर्खाहरूलाई कसरी घोडाको चाबुकले हानेर दोषी सरह काम लागाइयो त्यो सम्झदा अहिले पनि दुःख छ । हामीले बुवा र हजुरबाबाट यस्ता असंख्य कहालीलाग्दा घटना सुन्दै आएका छौ ।’
फिजीमा नेपाली पाइला
सन् १८७९ मे १५ मा कलकत्ताबाट फिजिको शुभा पुगेको पहिलो जहाज ‘लियोनिदास’ले नेपाली पाइलालाई फिजी टापुमा पु¥याएको थियो । ४६३ जना यात्रा बोकेको जहाज ७५ दिन लगाएर कलकत्ताबाट फिजी टापु पु¥याइएको थियो । यो पहिलो जहाजमा कति नेपाली थिए, त्यसको कुनै तथ्यांक भेटिंदैन तर सिङाटोकाका एक नेपाली वृद्ध भन्छन्, ‘हरेक जहाजमा ४०÷५० जना देखि १ सयसम्मको संख्यामा नेपालीहरू रहेको हामीहरूले सुन्दै आएका छौं ।’
सन् १८७९ देखि १९१६ सम्म भारतबाट फिजी पुगेका कुल ८७ जहाजमा नेपाली कति थिए भन्ने एकिन छैन तर त्यो संख्या ५ हजारभन्दा काम नभएको अनुमान छ । हाल यो संख्या विस्तारित भएर १० हजारको हारहारीमा पुगेको इन्साइकोपिडियाले उल्लेख गरेको छ । फिजीको ठूलो टापु ‘मेन्ल्यान्ड’, ‘भीती लेभु’ र ‘भाउनुवा लेभु’ अन्तर्गतका सिङाटोका रलम्बासामा नेपालीहरूका तेस्रो पुस्ता भेट्न सकिन्छ ।
राई, घर्ती, मगर, थापा, न्यौपाने, पराजुली, तामाङलगायतका थर भएका नेपालीइहरू भेटिने सो इलाकामा नेपाली बोल्ने नेपाली भने कोही पनि भेटिनन् । उनीहरूको चुलामा अझै गुन्द्रुक, सेल, ढिंडो नेपाली, परिकार पाक्छ, भेषभूषामा अझै टोपी लगाउँछन्, चाड पर्वमा दशैं तिहार, मनाउँछन् । अनुहार हेर्दा नेपाली छ तर कुरा गर्न थाल्यो उनीहरूको भाषा पूरै हिन्दी र अंग्रेजी मात्र छ ।
१३६ वर्षको इतिहास नेपालीहरूको फिजीमा छ । ‘तर यो समुदायको प्रवद्र्धनमा न त फिजी सरकारले साथ थियो न त नेपालले नै हामीलाई खोज्यो,’ फिजी नेपाली एशोसिएसनका महासचिव विजेन्द्र सिंह गुनासो गर्छन् । यसो त फिजी सरकारले नेपाली कमदारलाई पनि भारतीयकै दर्जामा राखेको र भारतीय नै हुन् भनेर ब्यवहार गर्ने गरेको बताइन्छ ।
उनीहरू बीच दरिलो संघ र जोडदार आवाज नभएकाले पनि नेपालीपन हराउँदैं गएको युएनको शान्ति प्रवद्र्धन कार्य सम्हाल्न फिजी पुगेका नेपाली सन्तोष न्यौपाने बताउँछन् ।
यस सवालमा प्रधानमन्त्री फ्रङ्क बेनी मरामाले भने, ‘हामी बहुजातीय र बहुसामुदायिक नीति अनुसार सबैलाई समान अवसर दिंदै आएका छौं । जहाँसम्म नेपाली समुदायको कुरा छ हामी उनीहरूलाई प्रवद्र्धन गर्न अन्य समुदायलाई सरह समान मौका दिन्छौं, यही करणले नै फिजी–नेपाली सांस्कृतिक दूतको समेत नियुक्त गरेका हौं । हामी यस बारेको तथ्यांक र थप रिपोर्टको लागि योजना तय गर्दैछौं ।’
‘भाषा नरहेपछि जातीय पहिचन हराउँदैं जान्छ, अबको २ पुस्तापछि फिजीमा नेपाली पनि पुरै हराउन सक्ने चिन्तामा छन्, फिजी इन्डियन नेपाली इन्कका महासचिव अनिश बेहती ।
यस बारेमा अन्तर्राष्ट्रिय साहित्य समाज ‘अनेसास’का केन्दीय अध्यक्ष पदम विश्वकर्मा भन्छन्, ‘हामी फिजीमा आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा छौं र नेपाली भाषा साहित्य विस्तारमा हामी अब तुरुन्तै पहल गर्दैछाैं ।’ पुराना नेपाली बाहेक पछिल्ला वर्षहरूमा फिजी पुग्ने नेपालीइहरूको संख्या भने नगन्य छ । तीमध्ये कोही पर्यटन त कोही ब्यापार ब्यवसायमा संलग्न छन् ।
फिजीका नेपालीहरुका सन्दर्भमा नेपाल सरकारको इतिहास नै अनभिज्ञ रहेको अवस्थामा अब भने केही नयाँं आयाम थपिने गैरआवासीय नेपाली संघ, ओसियाना संयोजक महेन्द्र लम्साल बताउँछन् ।
फिजी सरकार, स्थानीय नेपाली, नवनियुक्त फिजी सांस्कृतिकदूतको समन्वयमा अब एनआरएन शाखा विस्तार गर्ने र त्यसपछि छोपिएको नेपाली इतिहासलाई फेरि अगाडि ल्याउने उनको भनाइ छ ।
तीन नेपालीका एक श्रीमती
‘बुढा मरे भाषा सरे’ भन्ने नेपाली उखान छ । फिजीमा भने नेपालीहरूको ३ पुस्ता पार भयो । तर, भाषा सर्न सकेन, बरू मर्दै गयो । नेपालीहरू भारतीय कामदारसँगै मिसिएर गएका थिए । महिलाको संख्या कम थियो र पुरुषहरू बढी । त्यसैले उनीहरू मध्ये धेरैले भारतीय महिलाहरूसँग घरजम गरे ।
सन्तानहरूलाई हिन्दी बोल्नैपर्ने बाध्यता सिर्जना भयो । प्रवीण उनको पुर्खाको थलो देखाउँदैं भन्छन्, ‘कामदारहरूको शिविरमा महिला कम थिएँ, त्यतिबेला ब्रिटिस एजेन्टले एक महिला बराबर ३ पुरुष राखिदिएको थियो । र, ती महिलाले कुन सन्तान कुन चाहिँ पुरुषको हो परिचान गरिदिनुपर्दथ्यो । यो क्रम पहिलो पुस्ताबीच निकै चलेको थियो । त्यसैले हाम्रो थर र भाषा छिन्न–भिन्न भयो ।’
फिजीमा पशुपति मन्दिर
३० वर्षअघि बेलायती गोर्खाली सेना तालिमका लागि फिजी पुगेका थिए । उनीहरूले यहाँं नेपाली छन भन्ने थाहा पाएपछि आपसमा भलाकुसारी गरे र सैनिक टोलीको सहयोगमा सिङटोका कावा नाङा साउमा पहिलो पटक नेपाली पशुपति मन्दिर बनाइदिए । अहिले पनि पशुपति मन्दिर भनेर गर्व गर्छ्, फिजीको नेपाली समुदाय ।
तर, नेपाली समुदायकी संगीता लता दुखेसो पोख्छिन्,‘यो मन्दिर अहिले गैर नेपाली समूहले सञ्चालन गरेको छ र हामीलाई प्रवेश बन्द छ । यस बारेमा नेपाली संघसंस्थाले केही पहल गरिदिए हुन्थ्यो,’ उनीथप्छिन् ।
नेपालको राजनीति र वस्तुस्थितीका बारेमा फिजीका नेपाली समुदाय निकै चासो राख्छन् । तर यहाँ जातीय विभेद, वर्गीय भेदभाव केही छैन । नान्दी बिमानस्थलमा कार्यरत अमितेश भन्छन्, ‘हामीलाई नेपाली भेटेपछि आफ्नै लाग्छ जातजाति र भौगोलिक भिन्नता हामीमा छैन ।’
नेपाली भाषाको सञ्चार माध्यम शुन्य
फिजीमा अहिलेसम्म नेपाली भाषाको कुनै सञ्चार माध्यम अस्तित्वमा छैन । ३७ प्रतिशत जनसंख्या हिन्दी बोल्ने यो देशको बाँकी भाषा आदिवासी ‘काइभित’ र अंग्रेजी हुन् । ली भाषाका बारेमा विश्वकै पहिलो नियमित प्रकाशन हुने पत्रिका भनेर मानिंदैं आएको ‘दि फिजी टाइम्स’का प्रधान सम्पादक फ्रेड वैसली भन्छन्, ‘हामी हिन्दी भाषामा’ शान्ति दूत ’प्रकाशन गर्दै आएका छौं तर, नेपाली पढ्ने पाठक अभावमा नेपाली पत्रिका प्रकाशको इतिहास भने छैन ।’
‘फिजी टाइम्स’ फिजीबाट प्रकाशित बहुचर्चित राष्ट्रिय दैनिक हो । जुन पत्रिका ४ सेप्टेम्बर १८६९ देखि अनवरत प्रकाशित हुँदै आएको छ । उक्त पत्रिकाका प्रधान सम्पादक फ्रेड वाइजली नेपाली नबोलिने नेपाली वस्तीमा अब भने विभिन्न निकायको चासो बढेको छ । उनीहरूले १३६ वर्षदेखि जोगाएर हुर्काएको आफ्नो पहिचान विस्तारका लागि संसारभरका नेपालीसँग याचना गरेका छन् । उनीहरूले सिङाटोकाको एक कार्यक्रममा भने, ‘बकुल्लालाई कागको बथानमा मिसाउँदैंमा काग हुँदैन, हामी नेपाली जहाँ जसरी रहौं नेपाली नै हौं । पुस्तौं पुस्तासम्म आफ्नोपनको खोजी ग¥यौं, नेपालीपनमा गौरव गर्छौं, हामीलाई नेपाली बनेरै बाँच्न र मर्न मन छ । संसारभरका नेपालीहरुले यस विषयमा सघाइदिनोस् ।’
सयौं वर्षअघिको दुर्घटनाको सम्झना
फिजीको ‘क्युबा बीचमा’ दुर्घटनामा परेका नेपालीहरूको सम्झना गर्दै एक श्रद्धान्जली कार्यक्रमको आयोजना गरिएको छ । १३६ वर्ष अघि त्यहाँ नेपाली कामदार समेत बोकेको जहाज दुर्घटना भएको सम्झनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
सन् १९८४ मे १७ मा भारतबाट नेपाली र भारतीय ‘गिर्मिटिया’ कामदारसहित यो फिजीको क्युवा बीच नजिकैको टापुस्थित ‘नेसलाई रिफ’मा ४९७ जना यात्रु बोकेको पानी जहाज डुबेको थियो । ‘यहाँं पुगेर त्यो मर्मस्पर्र्शी कहानी सुन्दा नदुख्ने कुन मन होला र !,’ सहभागीहरूको अभिब्यक्ति थियो । मर्नेहरूमा सनाखत हुन नसकेका कति नेपाली कामदार पनि थिए भन्ने फिजी मेरिटाइनको अभिलेख छ ।
‘यो एउटा इतिहासको विर्सन नसकिने घाऊ थियो,’ सहभागीहरुले धेरैले भने । बेलायती सरकारले झुक्याएर भारतीयसँगैं मिसाएर लगेका ती निर्दोष नेपाली कामदारहरूको आत्माले चीर शान्ति पाओस् भन्दै १३६ वर्षपछि भए पनि उनीहरूको नाममा यो प्रशान्त महासगरको ‘क्युवा’ समुन्द्र तटमा स्थानीय बासिन्दाका साथ एक श्रद्धान्जली र ध्यानको आयोजना गरिएको आयोजकहरूको भनाइँ थियो । स्थानीय काउन्सिलका प्रतिनिधि अभिनेश सिंह भन्छन्, ‘हाम्रो रेकर्डमा नेपालीहरूको सम्झनामा गरिएको यस्तो कार्यक्रम यो नै सम्भवत पहिलो हो ।’

(लेखक सापकोटा नेपाल–फिजी सांस्कृतिक राजदूत हुन्)
2141 37 Google +1 3 1 0
- See more at: http://www.nepalipatra.com/news/trend/nepalese-community-in-fiji/458#sthash.qTwbAHoA.dpuf
12 Comments
Sort by
Yogendra Dahal Chhetri ·
भीमसेनजीले लेख्नु भएको यो लेख नयाँ पुस्ताको लागि नेपालीको पुरानो पहिचानको जानकारी अत्यन्त सान्दर्भिक छ। मपनि कार्यालयको कामको सिलसिलामा ६ पटक फिजी पुगेको छु। फेरी जनवरी २०१६ मा पनि जाने कार्यक्रम छ। यदि मैले केहि सहयोग गर्न सक्छु भने जानकारी पाउँ।
साथै फिजीमा एक जना नेपाली चिकित्सक पनि हुनुहुन्छ। उहाँको नाम डा पुरुषोत्तम लाल श्रेष्ठ हो। उहाँलाई फिजीको फोन नं 338 3880 मा सम्पर्क गर्न सकिन्छ। त्यस्तै होटलमा सेफको काम गर्ने बाग्लुंगका दुई जना भाईहरू लक्ष्मण न्यौपाने र खगराज पनि नादीको नमाका भन्ने बजारमा बस्छन।
केही समय पहिले म लौटोका बजारमा घुम्न जाँदा एक जना नेपाली मित्र भेटेको थिए उनको मूलघर सिंगाटोका रहेछ तर लौटोकामा तरकारीको होलसेल ब्यापार रहेछ। उनको नाम सुदेस सिंह, बुवाको नाम विर बहादुर सिंह र बाजेको नाम हरि बहादुर सिंंह भन्थे। उनी अलिअलि मात्र नेपाली बोल्न सक्थे। जाने बेलामा मलाई उनले आफ्नो मोवाईल सेभ गरेको नेपाली गीत सुनाए - बोल थियो "रातो भाले क्वाँय क्वाँय........"
Arjun Nepal ·
Works at SUDIN-Nepal
धेरै खुशी लाग्यो यो जानकारी भिम्सेन सापकोटाजी ले दिनुभएको मा, र योगेन्द्र दाहाल जि ले थप्नु भएको मा । म पनि युनिसेफ फिजी ले दिएको तालिम लिन थोरै दिन फिजी (शुभ) मा १९९५ बसें (भनुआतु मा यु एन भोलुन्टीएर भाई काम गर्दा)मा बसेर घुम्न त पाइयो तर अफ्सोच सिङाटोका, लौटोका आदी नेपाली बस्तिमा पुग्न चाँही सकिएन ।
Madhav Prasad Ojha ·
Sandarvik ra marmaspersi xa. Fije ma NEPALI xan bhanda khusi lagyo. Yo abastha parivartan huna sakos. Hamro subhA kamana.
ज्यो.प.डा.कृष्ण प्रसाद आचार्य ·
धेरै खुशी लाग्यो यो जानकारी भिम्सेन सापकोटाजी ले दिनुभएको मा
Bibek Bhattarai ·
अब त चासो बधेछ काम सुरु गरे हुन्छ। जस्लाई त्याह्को बारेमा थाहा छ त्या जाने व्यासथा गरेर सबै भन्दा पहिले भाषा सिकाउनु पर्यो लेख्न र पढ्न। जब तिन्ले हिन्दी बोल्छन भने नेपाली सिक्नु कुनै ठुलो कुरो हैन। केवल केही महिनाको कुरा हो अनी त सबै सम्भव छ
Krishna Hari Maharjan ·
सरकारी नीतिगत कमजोरीको कारण नेपाल भित्रै नेपाली भाषाहरु र संस्कृतिहरु लोप हुँदै गरेको बेला फिजी मा रहेका नेपालीहरु ले नेपाली भाषा बिर्सेको कुरा उठाउने लेखक लाई धन्यबाद छ /
GP Khatiwada ·
Sarai sandarbik khoji Bhimshen ji ko....Lets try to identify, protect and promote Nepali culture and people living in Fiji by our best....I will join in the effort as I can....
Bharat Shah ·
फिजी के नेपाली लोग नेपाली नही बोलते हैं, अब उन्हें नेपाली बोलोगे या नेपालीभाषी ? क्या बोलकर सत्य पर पर्दा डालोगे ?
सच्चाई छुप नही सकती बनावट के उसूलों से ! नेपाली एक जातीयता है, राष्ट्रीयता नही !
Bless-Of Yalambar ·
Documentary video herne bhagyashali banna pae hunthyo..interesting history rahecha..nepali hunuko wastabikta tyaha paiyo ..ek patak sthalgat bhraman garne ikhsa jagyo...nepali pahichan ra saskriti maulauna tyaha 2/3 family gaera basda chado ra prabhabkari hunthyo..natra samajik sanjal pani dherai had samma prabhabkari huna sakchha.
Rahul Yadav ·
Ma Nepali hoon ra Fiji Ko keti sang bigechu. Fiji hundi vane Ko almost bhojpuri language mix cha.
Premila Gauchan ·
अनुसन्धानात्मक लेख लाग्यो ,यस को लागी भिमसेन जी लाई धेरै धेरै धन्यवाद ..!!
फिजी का नेपाली हरुलाई नेपाली भाषा, साहित्य र पहिचान मा योगदान गर्न सके
सार्थक हुनेछ ..!!

फिजी सरकार द्वारा नेपालीको नियुक्ति
play
00:00
10:27
PODCAST
nepalese_151024_448557.mp3
mute
फिजीका प्रधानमन्त्री फ्रान्क बाइनिमरामाले सिड्नी निवासी भीमसेन सापकोटालाई नेपालको संस्कृतिक राजदूत नियुक्त गर्नुभएको छ। कसरी भयो त उक्त नियुक्ति? यसबारे भीमसेन सापकोटाले एसबीएस नेपालीसँग गरेको कुराकाने।
No comments:
Post a Comment