Saturday, 26 September 2015

गजल ५

सयौ ति फुलहरूको माली बन्न पाए हुन्छ ।
हिमाल,पहाड तराइ भन्दा नेपाली भन्न पाएँ हुन्छ

देश बनाउन हिडेका ती भीडहरुलाई
हातका औलामाथि राखी गन्न पाएँ हुन्छ।

पराइका कुरा काटी चोक गल्ली हिड्ने समयमा
सुन फलाउन बाँझो खेत खन्न पाएँ हुन्छ


नलगाउ भो आदर्शका ब्यर्थै फोस्रा नारा
कलेटिएका अनुहारहरुमा प्रसन्न पाएँ पुग्छ

एँ अस्ट्रेलिया तलाई के थाहाँ अझै
रुकुम,रोल्पाका ती भोका पेटलाई अन्न पाएँ पुग्छ

-भीमसेन सापकोटा 

'ए फुजिको नलजाउ अब ' (कविता -2)

'ए  फुजिको नलजाउ अब '

शर्माएर लजाएको
तिम्रो जपानको सगरमाथा
ले  घुम्टो खोल्दै खोलिनन्
त्यसैले सम्झाउंदै छु , ए फुजि।
तिमी नलजाउ किनकि तिमीले
कम्तिमा आफंले  पाएको  तेन्जिन्ङलाई
आफ्नै  नागरिकतामा
नअटाएको देख्नु परेन ।
घुम्टो खोलेर हेर त ,
सगरमाथाका फेदिका ,
सुनगाभा फलाउने हातहरू ठेला फुटाउंदै,
 तिम्रै टोकियोका  गराहरूमा
सिर्जना फुलाउन ब्यस्त छन्न्।
भन्देउ तिम्रो साकुरालाई
पनि तिमि संधै मुस्कुराइ रहनु ,कम्तिमा तिमीले
भीर पहरामा फुल्नु परेको छैन ,
गुरांसले झैं तिमीले दुख्नु परेको छैन । 
आफ्नै छात्तीचिरा पार्दै
सन्तानहरूको चिहान आफ्नै
दैलोअघि थुप्रिएको  सडकको
खरानीमा  खोज्नु परेको छैन  ।
तिमी टोकियो  टावर सङ्गै 
युग -युग उभिरहनु ,
अस्ट्रेलियाको ओपेराधुरी झैं
आदिवासिको अस्तित्व लुटेर
सेता मान्छेहरूको कालो ईतिहास बन्दै
लज्जाले पुस्तौं -पुस्ता शिर झुकाउनु परेको छैन  ।
तिम्रा समुद्र किनारका छालहरूले
सिरियाको सिमाना बन्दै
रगतका टाटा पखाल्नु परेको छैन ।
फेरि भन्छु तिमी अटल रहनु 'तातेसेना'
तिम्रा सिमाना सर्ने छैनन्,
टनकपुर र कालापानिको आंशु बनेर
तिमी कहैल्यै  बग्नु परेको छैन ।
ओशाकाका सडकहरूमा
कतै बुद्द अलमलिएको देख्यौ भने
सीताले जीजीविषाको  खोजिमा,
आफ्नै ठेगाना भुलेको भेट्यौ भने 
'सिबुया 'चोकमा हैन उनलाई
सगरमाथा कै वस्तिमा उनको
 अपुरो  सपना पर्खिरहेछ सम्झाइदिनु ।
मलाई थाहा छ ,
 टोगा र टुकुचे मितेरी साईनो  सँगै मुस्कुरांउंदा ,
फुजि तिमी सगरमाथाका  आंशु देख्न सक्दिनौं । 
सगरमाथाबाट झरेका मोतिहरू,
तिमिले आफ्नै पेवा नस्म्झीदिनु   ,
सक्छौ चम्काएर फर्काईदिनु किनकिन ,
उनिहरू आफ्नै मुकुटमा ज्यादा सुहांउछन्।
विश्वयुद्दमा तिमीसङ्गै नाचेका खुकुरिहरूलाई
एक पटक फेरि सम्झाइदेउ ओशाका
,अरूको सिमानामा गर्खाली खवरदारी युगौ देखि गर्यौ
अब एक फेर आफ्नै सिमानामा
जङिएर बहादुरी को साख राख भनिदेउ ।
त्यसैले अब नौ जवान सगरमाथालाई जापान
भित्र विलाउने सपना मात्र हैन
बुद्दभुमि मै प्रगतिका साकुरा फुल्ने
योजना थमाएर फर्काइदेउ ।
मलाई थाहा छ ,फुजी म ,
तिम्रै दैलो 'फुजिको खावावागुचि'मै पुग्दा पनि
 तिमीले बादलको घुम्टो लज्जाले,
 फाल्दै- फालिनौ किनकि
तिमीलाई  डर छ तिम्रै कारण देउराली रोएको खवर
पनि तिमीलाई मैले सुनाउने छु भनेर 
उर्वर जवानीलाई 'मान' र 'एन' मा  जोखेर  ,
केवल छोक्रे बुढौलिहरूमात्र
देउरालीलाई फिर्ता गरेकि छौ कि तिमीले ।
मैले सबै  हिसाब किताव माग्नेछु आजसम्मका तिमीसङ्ग,
 म तिम्रो चाहकिलो जुन को मात्र प्रसम्शा गर्ने छैन,
जुन भित्रको दागको प्रश्न पनि साथै ल्याएको छु ।
  यतिमात्र कहां होर
 तिमी लजाउनुको गहिरो रहस्य  छ म सँग
निर्दोष सगरमाथाका धेरै
 सपना र जवानीका जोशहरूलाई कोफिनमा       
  साटेर फिर्ता गरेकि छौ  तिमीले ।
ए फुजि, भयो नसर्माउ ,अब जे हुनु भयो ,
 घुम्टो खोलेर अब तिमीले तिम्रो मझेरीमा अलमलिएका
 सगरमाथाका पाइलाहरूलाई
यत्ती भनिदिए पुग्छ,
चन्द्र सुर्यका सुर्यले  ,
चन्ङ्गाले प्रगतिको आकाश जति चुमे पनि  
उसको अस्तित्वको धागो
लट्टाईबाट नछुट्टिन्जेल सँग मात्र हुन्छ ।               


         (जापान यात्रामा लेखिएका कविता)
 -भीमसेन सापकोटा  

गजल -4

गजल -4

  माटोको यो आज  कसम, खाएर लेख्दै छु
मेरै घायल  देशको  गीत , गाएर लेख्दै छु ।।

काट्नु हुन्न आंगन ,फाट्नु हुन्न हामीहरू
नटुक्र्याउ देश भन्दा, गोली  पाएर लेख्दै छु ।।


देश तिम्रो पेवा हैन,बुझ अब लुट्न दिन्न
वीर पुर्खाको, रक्गतको टीका लाएर लेख्दै छु

आफूलाई आँफै मार्ने भाई हो कि पराई हो
मेची, काली ,टिकापुरमा धाएर लेख्दै छु

अब चल्छ आंधी हुरी, हेर के के ढल्छ
यहि गजलले  सरकार ढल्छ,याद आएर लेख्दै छु


                                                                -भीमसेन सापकोटा

गजल -3



अकाशको जुनमा पनि  दाग हुन्छ प्यारी
जवानीमा पनि आफ्नै माग हुन्छ प्यारी

खाको विष लाग्छ भन्थे ज्यानै गयो नखाइ
बत्ति सामु पुत्ला त्यसै खाग हुन्छ प्यारी

मृगले नि खोजी गर्छ मिठो बासनाको
आफैसग कस्तुरीको राग हुन्छ प्यारी

बिरानो यो ठाँउमा छु तर चिन्ता छैन मलाई

शुभखवर घर पुर्याउने काग हुन्छ प्यारी

--भीमसेन सापकोटा 

गजल -2

     
लुटिएछु,    लुटिंदैछु,      लुटिनुको  मजा बेग्लै । 
तिम्लाई खुशी मिल्छ भने रित्तिनुको मजा बेग्लै । 

बैशालु ती अंग धुने त्यो खोलीको चिसो
पानी बनी छताछुल्ल पोखिनुको मजा बेग्लै

मित्र भन्छौ ,ढुङ्गा हान्छौ , सहिदिन्छु हाँसी हाँसी
त्यै ढुङ्गाको मूतिं कुँदे, सिर्जनुको  मजा बेग्लै ।।

हरिणको चाल जस्तै, राम्रो मान्छे खोज्दै हिड्छौ  
कस्तूरीलाई आँफै भित्र, खोजिनुको, मजा बेग्लै।।

मित्रले भुली देलान, बरू याद गर्छन्न वैरिहरू

काँडाहरुको बीचमा सधै फुलिनुको मजा बेग्लै 
--भीमसेन सापकोटा 
https://www.youtube.com/watch?v=9AypvFJXWCQ

मुक्तक -1

मुक्तक -1

फुलै हो पत्थर हैन भने  सुवाष  असम्भव छैन


कवितै हो शब्द ठेलि हैन भने आंशु असम्भव छैन 


चिनें अब छिमेकीलाई सकार्छु आफ्नै घर भन्छौ

मान्छे नै हो ,नेता हैन भने इमान असम्भव छैन   

.............................................................


मुक्तक -2


तिमी भन्छौं प्रेम सफल हुंदै हुंदैन 

म भन्छु यो सफलता जरूरी छैन 

किनकि  पाउने लालसामा मात्र 

म कसैलाई शिकारी प्रेम गर्दीन । 

--भीमसेन सापकोटा 

गजल -1



घामले मात्र हैन , बादल ले नि पोल्न थालेको आजकाल
रात नपर्दै फ्याउराहरूले मैंहु शेर भन्न थालेको आजकाल

कागहरू श्वेत वकुल्लाको  नाममा एक्कासी बदलिएका छन्
देश फेर्दैमा मोहन माइकल बन्न थालेको आजकाल


वोकाहारू पनि दारी पालेकै भरमा दर्शनिक भनिन थाले
रफावले नै मान बहादुर मोतिराम बन्न थालेको आजकाल


लेखक, समाजसेवि वा दाता जे -जे , बन्छु भन्छौ
सेवाका तक्माहरू दोकानमै भेटिन थालेको आजकाल ।। 

     -भीमसेन सापकोटा