Wednesday 15 July 2015

दु:ख या सुख ,दृस्यमा हैन आफ्नै दृष्टिमा ! Article (प्रेरणा दायी लेख-4 )





दु:ख या सुख ,दृस्यमा हैन आफ्नै दृष्टिमा !


Happiness-beach-text
सुख सुत्र-3
-भीमसेन सापकोटा ,
कसैले धोका दिएको क्षण ,फेल हुंदाको मनको स्थिती ,अदालतमा मुद्दा हार्दाको दिन , आफन्त परलोक बनेको दिन , जागिर बाट निकालिएको अवस्था मा अधिकांश मनहरूमा खुसीको वास हुंदैन । यी पराजयका दिनहरू जीवनका अन्तिम दिन भने पक्कै होइनन्।
क्रिकेट खेलाडि को एउटै उद्देश्य रहन्छ कि खेल मैदान मा जसरी पनि टिकिरहनु । हातमा बल नआउनु भनेको खेलमा पराजीत हुनु पक्कै होइन । किनकिन मैदानमा टिकिरहन सकियो भने बल कुनै बेला पनि हातमा आउन सक्छ र छक्का बनाउन सकिन्छ । जीवनमा यस्ता मोडहरू आउंछन्, जहाँ टिकिरहनका लागि थुप्रै प्रयास गर्नु जरूरी हुन्छ । यसैमा खुसी को रह्स्य लुकेको हुन्छ ।
जीवनको खेल मैदानमा हार नखाइ टिकिरहने र यस्तो दु:खको बेलामा सम्झिने एउटै सूत्र छ त्यो हो ‘यो पनि टरेर जान्छ ‘ भन्ने मुल मन्त्र। मनोविज्ञानका अनुसार हरेक दु:ख र सुख जीवनको प्रत्यक्ष प्रभाव ७२ घण्टा भन्दा बढि हुंदैन । तसर्थ यो ७२ घण्टाको लागि हामी किन विचलित हुने । यस्तै अर्को कुरा सम्झिन सकिन्छ कि’ ईस्वरले अहिले तिमीलाई पारीक्ष्या लीईरहेको छ ‘सुख र अनुकुल दिनमा त सबी हास्न सक्छन् तर यो विषम परिस्थितीमा म आफ्नो प्रसन्नतमा कुनै कमी कमी हुन दीन्न र यो ब्रम्हाण्डको परीक्ष्यामा म सफल भएरै छाड्छु भन्ने प्रतिवद्दता । मनोवैज्ञानिकज्ञाताहरू भन्छन् : हामीले सोच्ने डर र चिन्ता मध्ये ९० प्रतिशत चिन्ता र डर कहिल्यै अस्तित्वमा रहंदैन , ती मनका भुत मात्र हुन् र केवल यस्ता सोचले सफलता र खुसी लाई क्षय मात्र गर्दछ । क्रिकेट खेलाडिको एउटै उद्देश्य रहन्छ कि खेल मैदान मा जसरी पनिटिकिरहनु ।
यस्तै हरेक कुरामा लक्ष्य सहितको संकल्प नै सफलत को रहस्य हो । यदि संकल्पको कुनै विकल्प हुनै सक्तैन भन्ने सोच । एप्पल कम्पनीका मालिक स्टिभ जब्स गरिब बाट धनी भइसकेका थिए । उनी अमेरिकाकै सबैभन्दा महँगा कारचढ्थे भने त्यस्तैखाले महलमा बस्थे । तर, उनको कोठमामा भने खाटसमेत थिएन । उनी भुइँमै सुत्थे । उनी खाटमा सुत्न नरुचाउने भने होइनन् ।कारण यति थियो कि उनले भनेजस्तो खाट बजारमा भेट्टाउन सकेनन् । आफूले खोजेजस्तो चीज नभेट्टाउँदा भुइँमा सुते । तर, इच्छासँग सम्झौता गरेनन् उनले र सम्झौताहीन जीवनशैली पनि उनको सफलताकासूत्र हुन् । किनभने अधिकांश मानिस जिन्दगीभरि सम्झौतामा बाँच्छन् । र त, उनीहरू सामान्य मान्छे भन्दा माथि कहिल्यै उक्लिन सक्दैनन् । एउटा भनाइ छ– ‘गुड इज इनेमी अफ द बेस्ट’(“Good is enemy of the Best”) अर्थात् ठिकैका कुरा सबैभन्दा राम्रो कुराको सूत्र हुन्छ । किनकि ठिकैका कुरा पाउँदा मानिसले राम्रो, सबैभन्दा राम्रो कुरा खोज्दै खोज्दैन ।बरु केही नहुनेले सबैभन्दा राम्रो कुरामाथि आँखा लाउँछ । तर, ठिकैको कुरा पाएकाले त्यहाँभन्दा राम्रो खोज्ने मानसिकता नै त्यागिदिन्छ । किनभने उसलाई आफैँसँग भएको ठिकैको कुरा पनि गुम्ला कि भन्ने डरलेजहिल्यै गाँजिरहन्छ । परिणामस्वरूप ९५ प्रतिशतभन्दा बढी कमजोर मानिसको पंक्तिबाट ऊ ,उक्लनअघि नै मर्न बाध्य हुन्छ । एप्पल कम्पनीका मालिक कामदारलाई समेत उनी बेलाबखत आदेश दिन्थे, ‘सम्झौताहीन काम गर ।’
जे घटना घट्छ ,त्यसको वरिपरि के के नकारात्मक अवस्था छ भनेर सोच्ने सामान्य मानिसको गुण हो तर , असामान्य बन्नु छ भने तपाईं जहिल्यै पनि ,जुन सुकै अवस्था आउंदा पनि त्यसमा के के सकारात्मक रराम्रा कुरा छन् भनेर केलाउने बानि बनाउनुस्। डोनट देख्दा यस्को विचमा प्वाल छ भनेर दु:ख मानु भन्दा घेराको भाग देखेर खुसी हुने , गिलास पानी देख्दा आधा खाली रहेछ भनेर दुखि हुनु भन्दा आधा भरी त छभनेर सुखि हुन सकिने अवस्था हरेक घटना र परिस्थितीमा केलाउन सकिन्छ । अहिले नेपालको महा भुकम्पको अवस्थालाई हेरौं -भुकम्प गयो त्यसको जन धनको क्ष्यति भयो अब यसलाई रोक्ने कुरा हाम्रो हातमा तछैन बरू यस बाट प्राप्त भएका सकारात्मक कुरा हेरेर हामि सुखि हुने अवस्था प्राप्त गर्न सक्छौं :
भूकम्पले दिएको २० राम्रा पक्षहरूलाई यसरी पनि लिन सकिन्छ ।
• जीवन भन्दा ठूलो घर र सम्पती हैन भन्ने चिनायो।
• महलमा बस्ने र झुपडीमा बस्ने सबैलाई एकै ठाउँमा ल्यायो।
• जात र धर्मको पर्खाल बनाउनु गलत कार्य भएको सावित गर्यो।
• छिमेक या टोलमा एक आपसमा आत्मीयता वढायो।
• आफ्नो नजीकको आफन्त को पहिचान गरायो।
• नेपाली-नेपाली आपसमा एकजुट हुन सिकायो।
• विश्वभर रहेका नेपाली र विदेशीको सहानुभूति र सहयोग जुटायो।
• विश्वभरका जनतालाई संचार माध्यम मार्फत नेपाल चिनाउन सघायो ।
• विश्वका ठूला र शक्तिशाली राष्ट्रहरूलाई नव निर्माणको लागि सहयोग गर्न हौसला जगायो।
• नेता तथा पार्टीहरूलाई एक ठाँउ मा आउन र गाउं -गाउं जान बाध्य वनायो।
• नव नेपाल निर्माणको लागि ठूलो अवसर जुटायो।
• बर्षौ सम्म भेट नभएका आफन्तलाई भेट गरायो।
• आफ्नो गाउं नफर्किएकाहरूलाई फर्कने अवसर जुरायो।
• नेता तथा कार्यकर्ता लाई जनताको सेवा गर्ने मौका जुटायो।
• सधै व्यस्त रहने व्यक्तिलाइ लामो समयसम्म परिवार संग रहने वनायो।
• जनता र सुरक्षाकर्मी वीच धमिलिएको सम्बन्धलाई गाढा बनाउन सघायो ।
• सरकारलाइ जिम्मेवारी वन्न बाध्य तुल्यायो।
• सानो घर बनाउं अनि ठुलो मन बनाउ भनेर पनि सिकायो।
• संसार भरका दाताहरूलाई नेपालमा सघाउन चासो जगायो।
• मृत्यु जतिवेला जुन रुपमा पनि आउन सक्छ त्यसैले हरेक दिन खुसी भएर बांचौ भन्ने चेतना जगायो ।
सकारात्मक सोच नै जीवन सुखको कडि हो । यो सुख सोच बाटै उपलब्ध हुन्छ यसैले भागवत गीतामा श्रीकृष्ण को भनाइ छ ” मन एव मनुस्याणां कारणं बन्ध मोक्ष यो ” ।
“As the mind, so the man; bondage or liberation are in your own mind.” बिषय भोगहरूमा वास्तवमा सुख छैन । कोठामा झुण्ड्याईेको विजुलिको वल्वमा बिजुली हुंदैन , त्यो त पावर हाउसको आपुर्ति हो , किनकि त्यहि नै त्यसको उद्गम हो । आफ्नो तुलना अरू कोही अर्काेसँग गर्नुहँदैन । किनकि जन्म नै फरक तरिकाले भएकाले कुनै कुरामा समानता हुने संभावना नै हुँदैन । तपाईं अतुलनिय हुनुहुन्छ । आँफैमा तपाईं फरक प्राणी हो । आफूलाई अरुसँग राखेर हेर्दा जहिले पनि कमजोर महशुुस हुन्छ र वेकारमा दिमागीय क्षमताको क्षय हुन्छ । आफूसँग उसको तुलना गरेर के छैन ? भनेर सोच्दा अभाव-अभावै देखिन्छ । बरु आफूसँग भएको कुरालाई कसरी बढी प्रयोग गर्न सकिन्छ भनेर सोचौँ । जसले गर्दा दिमागले सदा विकल्प दिइरहन्छ । मनिसको दिमागनै सिर्जनाका लागि तय भएको हो ।
विद्या ददाति विनयं विनयाद्याति पात्रताम् ।
पात्रत्वाद्धनमाप्नोति धनाद्धर्मं ततः सुखम् ॥
rajanयस्तै सुखको परम उद्गमस्थान आनन्दरुप आत्मा बाट आउंछ । त्यसैले संसारमा देखिने र भोगिने वस्तुमा हैन, सुख दृष्यमा छैन केवल छ त दृष्टिमा नै निहित छ ।निरन्तर सकारात्मक अभ्यास, सम्यक जीवनको पालना मा नै सफलता र सुख लुकेको छ ।

No comments:

Post a Comment