Wednesday 15 July 2015

नेपाली गीतहरू (Songs in Nepali-2 )



“डांफे रोयो , गुरांस रोयो , रोई राछ , हिमाल।”-



himal danfe

डांफे रोयो , गुरांस रोयो , रोई राछ , हिमाल। 
पाइला तिमीले, मेटि हिंड्दा दु:खिरा छ नेपाल । । 
बाटाहरू  पैताला लाई, आंगन फर्काइ देउन । 
देउराली र चौतारीको , दु:ख सुनाइ देउन ।। 
तिमी रम्ने, शहरमा , बुद्द छन् की, छैनन्! 
दौरा , टोपी , चोलीहरूको , इज्जत ,छ कि ,छैन। 
बाटाहरू हराएनि, तिमी नहराउनु । 
चङ्गा आकाश पुगे पनि ,लट्टाइ नछुटाउनु ।। 
तिमी डुल्ने , बन  पाखा ,पर्खि रा छन् अझैं । 
मादलु र वांसुरिले , नेपाल गाउंछन अझै ।। 
डांफे रोयो , गुरांस रोयो , रोई राछ , हिमाल।
 1173605_401115003322565_769956516_n-भीमसेन सापकोटा । हाल अस्ट्रेलिया , । 

हामी नेपाली
बिहिबार, आषाढ १०, २०७२ १३:२५:५४
जहाँं पुग्छौं , जहाँं जान्छौं, हामी नेपाली ।
मुटु भित्र, नेपाली पन, जान्न पखाली ।।

पैतालामा देश हैन, मन र मुटुमा ।
शरीर टाढा, रहंदा नि , देश चैं छातीमा ।।

देशलाई माया गर्ने ,बाटा कति कति।
गुंढ छोड्नै हुन्न , भन्ने नसोचेकै जाती ।।

नभनीदेउ, परदेशी भो, विझ्छ मन भित्र ।
जहाँँ पुगे नि, यी हातहरू कोर्छन् ,नेपाल चित्र ।।

उड्छ चरी , चुम्छ आकाश , फर्कने छ गुंडमै ।
नेपाली भै बांची रहौं, मर्दा नेपाली नै ।।

-भीमसेन सापकोटा , सिड्नी, अष्ट्रेलिया

No comments:

Post a Comment