Wednesday, 15 July 2015

उ मरेन छ ! Poem( कविता -1)

मरेन छ !

-भीमसेन सापकोटा,

उसैले बोकेर काँध खियाएको ,

ढुँङगा, माटो, निदाल चिरपट

उसैका लागी काल बने

भग्नाबशेषमा पुरियो,

उसका सपनाहरु पुरिए

जवाफदेहिता, जिम्मेवारी,

यात्रा लामो थकान मरे

तर मरेका खबर छापिएर

पनि, मरेन

कहिले काँखे छोराको पेटमा

भोक भएर बाँच्यो

कहिले जवान छोरीको

ईच्छाहरुमा  मरुभुमी बनेर वाँच्यो

कहिले आफनै अर्धाङिनीको  आङ्गमा

छटपटी बनेर बाँच्यो

खेत आलीहरुमा,

नसप्रिएको बाली बनेर बाँच्यो

आहत राहतको भीखले

उसको चिता जल्यो

मरेको घोषणामा

वियोगको व्यवसाय गर्नेहरुको

खेती सप्रियो

दुनियाँले पत्तै पाएन उद्दारकर्मीले

अठोटनै गरेन
तर आश्चर्य ,
उसको चिता जलेर पनि भस्म भएन

उसको चिताग्नीले

बाँच्ने हरुकै जीन्दगी दनदनी सल्काएर . मरेर पनि बांचि रहेछ 

महाभुकम्पको भग्नाबशेष भित्र मिचिएर पनि मरेन

 

No comments:

Post a Comment