गजल ८
उनलाई सम्झिएर गजल लेख्दा झस्किएँ बेसरी
हराको मान्छे सिड्निमा भेट्दा झस्किएँ बेसरी ।
कागहरू पनि आजकल बकुल्लाको भेषमा
गाउँ शहरमा पसेको देख्दा झस्किएँ बेसरी ।
वाघहरू बिरालाको भेष धारण गरी
अगेनी र आँगन टेक्दा झस्किएँ बेसरी ।
देशको नक्शा फेर्छु भन्नेहरू बाटै
आफन्तकै घाटी रेट्दा झस्किएँ बेसरी ।
ज्युंदै छ उ तर शहीदको नाउमा
आफ्नै फोटाले भित्तो छेक्दा झस्किएँ बेसरी ।
-भीमसेन सापकोटा
No comments:
Post a Comment